आज अशोज १ गते बिश्वकर्मा पुजा : प्रदेश एकमा भारी वर्षा 

  • प्रकाशित मितिः आश्विन 1, 2077
  • 353 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । बिहीबार बिहानै देखि परेको अविरल वर्षाका कारण प्रदेश एकमा बिश्वकर्मा पुजा प्रभावित बनेको छ । केहि दिन यता पूर्वि तराइका पहाडी जिल्लाहरू लगायत प्रदेश एकका मुख्य जिल्लाहरूमा निरन्तर भारी वर्षा भइरहेको छ । धार्मिक परम्परा अनुसार आज अशोज १ गते अर्थात  आश्विन सङ्क्रान्तिका दिन  कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । 

यता भारी वर्षा भइरहेको समयमा पनि बिश्वकर्मा पुजालाइ धार्मिक परम्परा अनुसार बिधिवत मनाइएको छ । प्रदेश एकको सुन्दरनगरी धरानमा अवस्थित बिश्वकर्मा मन्दिरमा बिहानै देखि सवारी साधन पुजा गर्नेहरूको लर्को लागेको छ । धरान इटहरी तरहरा लगायतका स्थानहरूबाट आ आफ्नो सवारी साधन लिएर मन्दिर सम्म पुग्दै पुजा गर्नेहरूको लाइन लागेको हो । सरकारले सबै प्रकारका निजि तथा सार्वजनिक सवारी साधनहरू आज अशोज १ गतेबाट सञ्चालनमा ल्याएसंगै पहिलो दिन बिश्वकर्मा पुजा परेको हुदा सो मन्दिरमा सवारी साधन पुजा गर्नेहरूको भिड लागेको हो । 

  बिश्वकर्मा पुजा मनाइरहदा भारी वर्षाका कारण केहि मात्रामा प्रभावित बनेको पायएको छ । यसैबिच प्रदेश एकको बिभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण मुख्य खोला तथा पैनीहरूमा बाढी आउने जल तथा मौसम बिभागले सुचना जारी गरेको छ । बिभागले झापाकाे मेचि नदि , त्यस्तै बिरिङ खाेला , इटहरीकाे बुढीकाे खाेला लगायत सप्तकाेशीमा पानीकाे बहाव उच्च हुने हुदा सतर्क रहन सम्बन्धित पक्षलाइ जानकारी गराइएकाे छ । 

प्रतिक्रिया दिनुहोस