मनपरि शुल्क लिने सामुदायिक बिद्यालयलाइ कन्ट्राेल गर्दै इटहरी उपमहानगर

  • प्रकाशित मितिः आश्विन 8, 2077
  • 474 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी / इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फर्ममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ ।

सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिनुभयो । सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ ।सर्वेमा आएका कुरा, अविभावक, शिक्षक,संस्थागत विद्यालय संचालक सवै सँग सल्लाह गरेर शुल्क निर्धारण गरिने गौतमले वताउनुभयो ।

उहाँका अनुसार अनलाइन कक्षा चलाइरहेका सस्थागत विद्यालयहरुले अनलाइन कक्षा चलाउदा झन मेहनत लागेको भन्दै शूल्क वृद्धि गर्नुपर्ने माग गरेका छन । अविभावकले भने अनलाइन शिक्षा प्रभावकारी नभएको जनाउदै मोवाइलमा हेरेको पनि शूल्क तिर्नुपर्छ र ? भन्दै प्रश्न गर्ने गरेका छन नीजि विद्यालयका शिक्षकहरुले त लामो समयदेखि तलव नपाउदा नुन तेल किन्नै समस्या परेको वताउदै उपमहानगरलाई सहजिकरणका लागि आग्रह गरेका छन । चैतदेखिकै तलब पाउनु पर्ने नपाए नगरपालिकाको गेटमा आएर आत्म दाह गर्ने समेतको चेतावनी दिएको उपमेयर गौतमले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस