युवा व्यवसायी प्रकासले गरे इटहरीको पाँचकन्या मन्दिरमा सेनिटाइज

  • प्रकाशित मितिः आश्विन 12, 2077
  • 433 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी / सुनसरीको इटहरीस्थित चर्चित हिरा होटलका सञ्चालक प्रकास महतोले इटहरीको पुरानो मन्दिर पाँचकन्या मन्दिर र आसपासका क्षेत्रहरुमा सेनिटाइज गरेका छन ।

इटहरीमा कोरोना भाइरसको सन्त्रास बढिरहेको बेला सामाजिक काममा सकिृय रहदै आएका महतोले यस अघि पनि इटहरीकै हङकङ मार्केट , बिशाल बजार लगायतका स्थानहरुमा सेनिटाइज गरेका थिए ।

 इटहरी ४ पाँचकन्या स्थित पाँचकन्या मन्दिर र आसपासका क्षेत्रमाा ब्यवसायी महतोले आइतबार सेनिटाइज गरेका हुन ।

बिभिन्न समाजिक काममा सकिृय रहदै आएका ब्यवसायी प्रकास महतोले स्थानीय स्तरमा कोरोनाको डर रहेकै कारण सन्त्रास संगै संक्रमणलाइ थप फैलन नदिन आफुले मन्दिर र आसपासको क्षेत्रमा सेनिटाइज गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस