आन्तरिक किचलोले भद्रगोल राप्रपा : भाडा नतिरेपछि सुनसरी कार्यालयमा लाग्यो ताला

  • प्रकाशित मितिः आश्विन 16, 2077
  • 242 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । पार्टीभित्रको गुट उपगुट र आन्तरिक किचलोको कारण सुनसरीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था दयनिय र भद्रगोल बनेको छ ।

पार्टीभित्रकै गुटका कारण स्थानीय निर्वाचनमा समेत लज्जास्पद हार बेहोरेको राप्रपाको हाल पनि अवस्था उस्तै रहेको छ भने आन्तरिक किचलो यथावत रहदा कार्यकर्ताहरु पनि रुष्ट देखिएका छन ।

किचलोकै कारण पार्टी कार्यालय सुनसरीमा समेत भाडा नतिरेको भन्दै घरबेटीले ताला लगाइदिएका छन ।  बिगत डेढ वर्ष देखि भाडा नतिरेपछि राप्रपाको जिल्ला कार्यालय सुनसरी इनरुवामा घरबेटीले ताला लगाइदिएका हुन । 

स्थानीय निर्वाचनको बेला फुटेर २ भागमा बिभाजन हुदा स्थापना गरिएको गाइ पक्षका राप्रपाले सुनसरीको इनरुवामा जिल्ला कार्यालयको स्थापना गरेको थीयो ।पार्टीलाइ बलीयो बनाउन र गाउँगाउँमा पुग्दै संगठन बिस्तार गरी मुलुकमा हिन्दुराष्ट्र स्थापना गराउने उद्ययेश्य सहित खोलीएको कार्यालयमा अहिले ताला झुण्डिएको छ भने पार्टीका कार्यकर्ताहरु कोहि नेकपा त कोही कांग्रेसमा पुगेका छन ।

  पटक पटक भाडा माग गर्दापनि बेवास्था गरेपछि बाध्य भएर ताला लगाइदिएको तर ताला झुण्डिएको डेढ वर्ष बितिसक्दा पनि पार्टी कार्यालयको अवस्था बुभ्mन अहिले सम्म कोहि पनि नआएको घर धनी ललित पाण्डेले बताउनुभयो । इनरुवा नगरपालीका २ स्थित पाण्डेको घरमा राखिएको पार्टी कार्यालयको अवस्थाबारे जानकार हुदाहुदै पनि जिल्ला देखि केन्द्र सम्मका नेताहरु मौन रहेको पाइएको छ ।

पहिले हामि चाडै मिलाउछौ चै भन्ने गरेको तर फर्केर पैसा तिर्न भने कोहि नआएको घरबेटी पाण्डेको भनाइ छ । आन्तरिक बिवादका कारण फुटेर बिभाजन भएपनि हाल पुनःसमायोजन भइ राप्रपा गठन भएसंगै घरबेटी पाण्डेले अब भने भाडा पाइन्छ कि भन्ने आशा ब्यक्त गरेका छन ।

घरबेटी पाण्डेले पार्टीबाट डेढ वर्षदेखिको रु १ लाख रुपैया लिन बाकि रहेको बताएका छन । वार्षिक ६० हजारका दरले सहमती गरी भाडा दिएपनि कार्यालयले केहि वर्ष राम्रैसंगले भाडा तिरेको उनले बताए ।

 यता पार्टी भित्रको आन्तरिक किचलो संगै भाडाको बिष्यमा तत्कालीन राप्रपा (गाइ पक्ष) सुनसरी जिल्ला अध्यक्ष डम्बर घिमिरेसंग सम्पर्क गर्दा उनले तत्काल तिर्न नसक्ने तर त्यहि बिषयमा आन्तरिक छलफल भने चलिरहेको बताए ।

आगामी अशोज २५ गते भित्र कार्यालय राखिएको स्थानमा घरबेटीलाइ स–सम्मान घरभाडा बुझाइ सक्ने राप्रपा सुनसरी अध्यक्ष घिमिरेको भनाइ छ ।       

प्रतिक्रिया दिनुहोस