दशैँकाे मुखमा चम्किदै इटहरी बजार : भारतीय नाका बन्द हुदा फस्टायाे नेपाली बजार

  • प्रकाशित मितिः आश्विन 19, 2077
  • 171 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना कहर संगै नेपालसंग सिमा जोडिएका भारतीय नाकाहरु बन्द हुँदा नेपाली बजारमा किनमेल गर्नेहरुको भिड बढ्दै गएको छ । चाडपर्व नजिकिदै गर्दा नेपाली बजारहरुमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो लाग्न थालेको छ । बिगतको वर्षहरुमा चाडपर्व नजिकिदै गर्दा भारतीय बजारहरुले प्राथमिकता पाउने गरेको थियो । सामान्य घरायसी सामग्री लिन पनि भारतीय बजार बिराटनगरको सिमाना जोगवनी बजार पुग्ने गरेका थिए । यस वर्ष कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन थाले पछि  नाकामा कडाई हुँदा स्थानीय बजारमा चहलपहल बढ्दै गएको हो ।

सरकारद्वारा जारी गरिएको निषेधज्ञा र लकडाउन केहि मात्रामा खुकुलो भएपनि सिमा नाकाहरु बन्द गरिदिदा नेपाली बजारहरुले थोरै राहत पाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए । भारतीय सिमाहरु बन्द भएकै कारण नेपाली उत्पादनहरुले बजार समेत राम्रो पाएको उनको भनाई छ ।

प्रदेश एककै ब्यापारीक हब इटहरीमा दशैको किनमेलका लागि स्थानीय उपभोक्ताहरुको घुइचो लाग्ने गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गए पछि सुनसरीमा सबैभन्दा बढी जोखिमको क्षेत्र पनि इटहरीलाइ मानिदै आएको छ, तर लकडाउन खुलेर बजारहरु सुचारु भएसंगै इटहरीमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो हुने गरेको छ । इटहरीमा मात्र नभइ धरान, तरहरा, दुहबी, इनरुवा, बिराटनगर लगायतका बजारहरु अहिले स्थानीय उपभोक्ताहरुको भिड बढेको हो । सामाजिक दुरीको समेत ख्याल नगरी बढेको उपभोक्ताहरुको भिड नियन्त्रण गर्न भने इटहरी उपमहानगर असफल देखिएको छ ।

चाडपर्वको मुखमा नियमित बजार अनुगमन नहुँदा स्थानीय उपभोक्ता ब्यापारीहरुबाट ठगिदै आएको गुनासो पनि त्यतिकै बढेको पाइएको छ । इटहरीमा सञ्चालन भएका अधिकांस पसलहरुले मुल्य सुचि नराखी सामानहरुको बिक्रिबितरण गर्ने गरेको पाइएसंगै बजारमा उपभोक्ताहरु ठगिएको गुनासो बढेको हो । चाडपर्व नजिकिएसंगै अन्य भन्दा खाद्यान्न, र लत्ताकपडामा उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेको हो । एउटै खाद्यान्नको मुल्य पसलै पिच्छे फरक फरक भेटिने, म्याद गुज्रीएका सामानहरु बिक्रि गरिने जस्ता गुनासोहरु बढि आउने गरेको इटहरी उपमहानगरका एक कर्मचारीको भनाई छ ।

उपभोक्ताहरुले पनि खाद्यान्नको सामग्रीबाट आफुहरु ठगिएको गुनासो गर्दै आएका छन । बजार महंगो हुँदै गएको इटहरी ४ की चन्द्रकला भट्टराइले बताईन् । उनले भनिन्, ‘पसलै पिच्छे फरक फरक मुल्य छ, अत्यावश्यक सामग्रीको मुल्यमा एक रुपता छैन् ।’

इटहरीको उपमहानगर अन्तरगत बजार शाखाका नवलकिशोर भट्टराईले केहिदिन यता जिल्ला प्रसाशनको कार्यालय सुनसरीका पदाधिकारीहरु सहितको टोलिले बजार अनुगमन गरेको बताए । चाडपर्वलाई मध्यनजर गर्दै प्रसाशनको अगुवाइमा बजार अनगमन गर्दा ब्यवसायीहरुको लापरवाही बढी देखिएको बताए । अनुगमनकै क्रममा अधिकांस पसलहरुबाट म्यादगुज्रीएका सामग्रीहरु जफत गरेको र केहिलाई सामान्य चेतावनी दिएर छाडीएको पनि उनले बताए । कोरोना कहर संगै सुरक्षा सतरकता नअपनाइ सञ्चालन भएका धेरै जसो ब्यवसायीहरुलाइ चेतावनी दिएर छाडिएको उपमहानगरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस