इटहरी । सुनसरीकाे इटहरीमा हालै नेपाल चलचित्र कलाकार संघ(FAAN) १ नं प्रदेशकाे शाखा गठन गरिएकाे छ । संघकाे केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा सामाजिक दुरी र सुरक्षा सतरकता अपनाउदै शाखा गठन गरिएकाे हाे ।
संघले चलचित्रकर्मी पुष्प श्रेष्ठकाे संयाेजकत्वमा २१ जना सदस्य रहने गरी तदर्थ समिति गठन गरिएकाे हाे । हालै गठित अन्य पदाधिकारीहरूमा सह:संयोजक कलाकार दिनेश काेइराला , त्यसैगरी अन्य सदस्यहरूमा भिम लामा ,जतिन ताम्राकार ,माधब पौडेल खत्री ,लेजिना सुवेदी,रेस्मा घिमिरे , प्रवल दिप बिश्वास, नवीन सुब्बा, रेखा लिम्बू , गणेश राउत, मिलन सुवेदी , हरि प्रसाद सुब्बा , मेघराज लिम्बू(गोपाल ), श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल , सारदा शाक्य , ममता चौधरी ,धर्मेन्द्र आचार्य ,तुलसी घिमिरे रहेका छन ।
समिति गठन पछि सभालाइ सम्बाेधन गर्दै प्रमुख अतिथिले नेपाल चलचित्र कलाकार संघ (FAAN) का केन्द्रिय अध्यक्ष रवीन्द्र खड्काले प्रदेश एक चलचित्रकर्मिहरूकाे खानी भएकाेले यस क्षेत्रका कलाकर्मिहरूलाइ समेटेर समिति बनाउन पाउदा अाँफु खुशी भएकाे बताए । कार्यक्रम चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानको सभापतित्वमा सप्पन्न भएकाे थीयाे ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved