इप्रका इटहरीका जवान तिवारीलाइ अशाेज महिनाकाे ‘पुलिस अफ दि मन्थ’काे उपाधि

  • प्रकाशित मितिः कार्तिक 15, 2077
  • 391 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिना प्रदान गर्दै आएको उपाधि ‘पुलिस अफ दि मन्थ’ बाट अशोज महिनामा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान सम्मर तिवारी सम्मानित भएका छन।

जिल्लामा कार्यरत २ शय बढी प्रहरी कर्मचारीलाइ पछि पार्दै उत्कृस्ट कार्य सम्पादन गरेको भन्दै इटहरीमा कार्यरत जवान तिवारीलाइ सो उपाधिबाट सम्मान गरिएको हो । वडा प्रहरी कार्यालय बिराटनगर , मोरङ दरबन्दि भएका जवान तिवारी बिगत लामो समय देखि इलाका प्रहरी कार्यालय इटहरीका कार्यरत रहेका छन ।

प्रहरी पोशाकमा रहेर जनताको सुरक्षामा अहोरात्र खटिनुका साथै इटहरी क्षेत्रमा हुने चोरी , लुटपाट , लागु औषध ओसार पसार जस्ता अपराधिक गतिविधिहरूमा संलग्न दोषिहरूलाइ पक्राउ गरी अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै इटहरीमा कार्यरत जवान तिवारीलाइ अशोज महिनाको ‘पुलिस अफ दि मन्थ’को उपाधिबाट सम्मान गरिएको हो । उनलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले सम्मान गरेका हुन ।  

122972456_633907883932861_7054826950305511642_n

प्रतिक्रिया दिनुहोस