काेराेना कहर : बिक्रि भएनन झिलिमिलि : चलेनन माटाका दियाे

  • प्रकाशित मितिः कार्तिक 26, 2077
  • 99 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । काेराेना भाइरस संक्रमणका कारण नेपाली बजार तथा ब्यवसाय चाैपट बनेकाे छ । यस वर्षकाे नेपालीहरूकाे महान पर्व बडा दशै सकिएर दिपावली सुरू हुनै लाग्दा बजारमा ल्याइएका बिभिन्न प्रकारका झिलिमिली बत्तीहरू बिक्रि बितरण नभएकाे ब्यवसायिहरूले गुनासाे गरेकाे छन । सातमहिनाकाे लामाे लकडाउन पश्चात चाडपर्वकाे मुखमा बजार खुलेपनि ग्राहकहरू नपाउदा ब्यवसाय धरासयि बनिनि पुगेका हुन ।

प्रदेश एककाे ब्यापारीक केन्द्र इटहरीकाे अवस्था अहिले त्यस्तै बनेकाे छ । दशैकाे मुखमा बजार ब्यवसाय सुचारू भएपनि ग्राहक नअाइदिदा लगानी डुब्ने खतरा बढेकाे ब्यवुायीहरूकाे दुखेसाे छ ।

यसै बिच तिहारलाइ लक्षित गरी ल्याइएकाे बिभिन्न प्रकारका चाइनिज झिलिमिलि बत्तीहरूकाे बिक्रि बितरणमा पनि याे वर्ष ह्रास अाएकाे पाइएकाे छ । काेराेना भाइरस संक्रमणका कारण इटहरीमा ग्राहक नपाउदा तिहारलाइ लक्षित गरी ल्याएका बत्तीहरू बिक्रि बितरण नभएकाे इलेक्ट्राेनिक ब्यवसायिहरूकाे भनाइ छ ।

इटहरी मुख्य चाैकका इलेक्ट्राेनिक्स ब्यवसायी गर्दै अाएका फडिन्द्र कार्कीले याे वर्ष बिक्रि हुदैन भनेर नै थाेरै मात्रामा चाइनिज बत्तीहरू मगाएकाे तर त्याे पनि बिक्रि बितरण नभएकाे बताए । त्यस्तै इटहरीकाे बाैकाराेडमा सञ्चालनमा भएका इलेक्ट्राेनिक्स पसलहरूकाे हालत पनि उस्तै रहेकाे छ ।

दिपावलीमा बिक्रि हुन्छ भनेर झिलिमिलि बाहिरबाट मगाएर ल्याएपनि अहिले सम्म बिक्रि बितरण नै नभएकाे ब्यवसायीहरू बताउछन । यता इटहरीकाे हटीयालाइनमा बिगत १३ वर्षदेखि माटाेकाे दियाे लगायत भाडाहरू बनाउदै बिक्रि बितरण गर्दै अाएका कुमाले इस्मान महताेकाे पनि दुखेसाे यस्ताे छ ।

बिगतकाे वर्षहरूमा माटाेकाे दियाे नपुगेर हारालुछ भएकाे तर याे वर्ष बिक्रि बितरणमा ह्रास अाएकाे उनले बताए । उनले अघिल्लाे वर्षकाे तिहारमा मात्रै २ लाख सम्मकाे माटाका भाडा तथा दियाेहरू बनाएर बजारमा सप्लाइ गरेकाे तर अहिलेकाे वर्ष काेराेना कहरका कारण माटाेकाे दियाेहरू बिक्रि नभएकाे बताए ।

प्रतिक्रिया दिनुहोस