इटहरी प्रहरीकाे सफलता : कार चाेरीमा संलग्न देखि लाखाै रकम सहित जुवाडे पक्राउ

  • प्रकाशित मितिः कार्तिक 28, 2077
  • 210 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृियाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यानवयन संगै सफलता पाएको छ । बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्याक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो ।  

घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् ।

गत असोज २९ गते राती सुनसरीको ईटहरी उप(महानगरपालिका(१२ खनार बस्ने पुष्प नारायण चौधरीको घरबाट चोरी भएको बा ९ च ३४०३ नम्बरको कार असोज ३० गते मोरङको मंगलवारेमा बेवारीसे अवस्थामा फेला परेको थियो ।

कार फेला परे संगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेका मध्ये प्रदिप चौधरीलाई मिति २०७७।०७।२३ गते राती पुष्प नारायण चौधरीको घरबाट चोरी भएका अन्य समानहरु मोवायल, बिभिन्न बैकका ब्त्ः कार्डहरु सहित ईटहरी(१२ बाट पक्राउ गरिएको थियो ।

निजलाई पक्राउ गरिएसंगै उक्त घटनामा संग्लग्न रहेका अन्य ३ जनालाई समेत पक्राउ गरी चोरी मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।यसैबिच इलाका प्रहरी कार्यालय इटहरीले दशैको बेला जुवाजन्य खेल खेल्ने समुहलाइ  एकलाख बढी रकम सहित नियन्त्रणमा लिन सफल भएको छ । इटहरी उपमहानगरपालिका ९ स्थित गोल्डेन चौकमा रहेको राइन फर्निचर उद्योगभित्र जुवा खेलिरहेको अवस्थामा ७ जनालाइ नियन्त्रणमा लिएको हो ।

 
पक्राउ पर्नेहरुमा इटहरी १३ बस्ने ६० वर्षीय मझेफर तसन मियाँ, सुनसरीकै दुहबी ९ बस्ने ३४ वर्षीय मोहम्मद सामुदिन आलम, दुहबी ८ बस्ने २६ वर्षीय हासिम हुसेन, दुहबी ९ बस्ने ३८ वर्षीय नैमुदिन मियाँ, दुहबी ८ बस्ने ४२ वर्षीय नुर मोहम्मद,दुहबी ९ बस्ने ३७ वर्षीय महमद मिया र सुनसरीकै इनरुवा ७ बस्ने ५० वर्षीय महमद इनुस रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए । 

 पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले एक लाख ४१ हजार सात सय २५ रुपैयाँ नगदसहित दुई ४८ हजार रुपैयाँ बराबरका विभिन्न बैँकको नाममा रहेका चेक र एक सय ६० थान तास बरामद गरेको थियो । पक्राउ परेका सबै अभियुक्तहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत् म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस