चाडपर्वको बहानामा फुटपाथ कब्जा गर्दै ब्यवसायी : स्थानीय सरकार र प्रसाशन मौन

  • प्रकाशित मितिः कार्तिक 28, 2077
  • 107 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । एक वर्ष अघि स्थानीय सरकार र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले मुख्य राजमार्गको दुवै साइडलाइ सफाइ गर्दै रोड क्लिन अभियान चलाएको थीयो । सो बेला इटहरीको ब्यापारीक मार्ग हुदै भित्रि गल्लीमा समेत कडाइ गरिएको थीयो । तर एकले अर्काेको भर पर्दा सो बनाएको नीति एक वर्ष पनि कार्यानवयन हुन नसक्दा अहिले व्यवसायिहरूको मनपरि सुरू भएको छ ।

इटहरीको मुख्य बजार , हटिया लाइन लगायत भित्रि गल्लीहरूमा ब्यवसायिहरूले हुकुमत जमाएर पुरानै सैली अपनाइ ब्यपार बिस्तार गरिरहेको पाइएको छ । स्थानीय पैदलयात्री हिडन र साना सवारी साधन गुडनको लागि बनाएको फुटपाथ समेत इटहरीका ब्यवसायिहरूले कब्जामा लिएर ब्यवसाय गर्दै आएका छन । पछिल्लो समय कोरोनाको हटस्पट बनिसकेको इटहरीमा अब्यवस्थित बजार र फुटपाथमा लागेको मेला ब्यवस्थापन सम्बन्धित निकायहरूका लागि टाउको दुखाइको बिषय बनेको छ ।

समुदायको नियन्त्रण बाहिर पुगेको कोरोना संक्रमण रोकथामकालागि स्थानीय सरकार एवम सरोकारवालाहरूले पटक पटक बैठक बसेर बजारलाइ ब्यवस्थित गरिने , साप्ताहिक हाट बजार बन्द गरिने , फुटपाथमा ब्यापार गर्न नदिने जस्ता उपयोगि निर्णयहरू गर्ने गरेका छन तर निर्णयको कार्यानवयन कागजमै सिमित बनिदिदा इटहरी संक्रमणको उच्च जोखिममा पर्दै आएको छ ।

एकातिर कोरोना संक्रमणको जोखिम त छदैत त्यसमा पनि पैदलयात्रि हिडने फुटपाथमा अब्यवस्थित बजार लगाइदिदा दुर्घटनाको जोखिम पनि त्यतिकै बढेको पाइएको छ । चाडपर्वको नाम गर्दै ब्यवसायिहरूले इटहरीको अधिकांस गल्लिहरूमा अहिले ब्यापारका सामग्रीहरू राखेर बिक्रि बितरण गर्दै आएका छन ।

सडक क्षेत्र मिचेर ब्यवसाय गर्दा भोलि दुर्घटनाको जोखिम बढने हुदा स्थानीय सरकार र प्रसाशनले यस्लाइ कडाइ गरिनुका साथै अब्यवस्थित बजार हटाउनुपर्ने इटहरी नागरिक समाजका कृियाशिल युवा सदस्य सुरेन्द्र तामाङ बताउछन । त्यस्तै नागरिक समाजकै पूर्व अध्यक्ष तथा इटहरी सेन्ट्रल प्लाजाका सञ्चालक राजेस श्रेष्ठको पनि भनाइ त्यस्तै छ ।बजार नै लाग्नु हुदैन र ब्यवसाय नै बन्द गरौ भन्ने पक्षमा चै आफु नरहेको तर भएका बजारलाइ ब्यवस्थित गर्न सम्बन्धित सरोकारवालाहरू लाग्नुपर्छ ब्यवसायी श्रेष्ठ भन्नुहुन्छ ।

गत १५ दिन अघि इटहरी उपमहानगरकि उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा बजार अनुगमन हुदा हटिया लाइनस्थित सडक क्षेत्र मिचेर राखिएका ब्यापारिक सामग्रीहरू हटाइएको थीयो तर त्यस्लाइ निरन्तरता दिन नसक्दा अहिले सोहि स्थानमा चाडपर्व आएको भन्दै ब्यवसायिहरूले पुन सडक नै कब्जा गरेर ब्यपार गर्दै आएका छन ।

इटहरीको हटियालाइन मात्र नभइ , जनता स्कुलको गल्ली , नेशनल गल्ली , आइतबारे सब्जीमण्डी , टेलिकम लाइन , भोजपुरे लाइन लगायत अन्य भित्रि गल्लीहरूमा समेत ब्यवसायिहरूले सडक मिचेर आफ्नो ब्यवसाय गरिरहेको प्रत्यक्ष पाइएको छ । यता यस बिषयमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल संग कुरा गर्दा उनले कोरोना संक्रमण छ भन्दैमा ब्यवसाय नगर भन्न नसकिने तर ब्यवस्थित बनाउन सकिने त्यसतर्फ सबै जना लागि पर्ने बताए ।

यसै बिषयमा इटहरी उपमहानगरकि उपप्रमुख लक्ष्मी गौतम संग कुरा गर्दा बजारको बिषयमा धेरै गुनासो आएको तर सुन्नेकाम बाहेक अरू केहि गर्न नसकिने बताउनुभयो । हाललाइ आफु बाहिर भएको र इटहरी आएपछि यस बिषयमा अनुगमन गरी समस्या सामधान गर्ने उपमेयर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस