सेल्फि खिचेकै भरमा एसपिकाे खास मान्छे : प्रहरीकाे नाम गर्दै थर्काएर रकम असुल्ने नाइके पक्राउ

  • प्रकाशित मितिः कार्तिक 28, 2077
  • 199 पटक पढिएको
  • प्रदेश दर्पण

 
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाकाे खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । सर्वसाधरणहरूलाइ एसपी थापाकाे मुख्य मान्छे रहेकाे र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेकाे अभियाेगमा जिल्ला प्रहरी कार्यालय सुनसरीकाे बिशेष टाेलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेकाे हाे ।  
 
गुप्ताले सुनसरीकाे इनरूवा , भण्टावारी लगायतकाे स्थानमा रहेका ब्यवायिहरूबाट प्रहरीकाे नाममा रकम असुलेकाे अनुशन्धानकाे क्रममा खुलेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । बिभिन्न समयमा प्रहरीहरूसंग खिचेकाे सेल्फि देखाउदै गुप्ताले प्रहरीकै नाम गरेर अवैध रकम असुल गरेकाे पाइएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । 
 
एसपीकाे नाम गरेर र प्रहरीकाे बिशेष घुमुवा रहेकाे भन्दै गुप्ताले इनरूवाका एक ब्यवसायिबाट पेट्राेल समेत मागेकाे खुल्न अाएकाे छ । प्रहरीकाे नाम गरेर रकम असुल्न काेशि गाउपालीका अन्तरगत एक ब्यवसायिकाेमा पुग्दा शंका लागि केरकार गर्दै जादा ठगि गर्ने ब्याक्ति रहेकाे पत्ताे पाएपछि  स्थानीयले तत्काल नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका थीए । 
 
पक्राउ परेका गुप्तालाइ हिरासतमा राखेर प्रहरीकाे  नाम गरेर काे काेबाट के कति रकम तथा सामग्रिहरू असुल गरेकाे हाे भन्ने बिषयमा थप अनुशन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस