वर्षाै देखि ब्यवस्थापन बिहीन इटहरी बजार : सफारीकाे मनपरी पार्किङ : गुनासो टेवलमा पुग्छ सुनुवाइ हुदैन

  • प्रकाशित मितिः मंसिर 19, 2077
  • 316 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इटहरी उपमहानगरको वार्ड नं ६ र ९ लाइ जोडने हाट बजार सहि ढंगले ब्यवस्थापन हुन नसक्दा हाल लथालिंग बनिन पुगेको छ । नियमनकारी निकाय तथा सरोकारवालाहरूले चासो नराख्दा उपमहानगरपालीका अन्तरगत आइतबार र बुधवार लाग्ने बजार अब्यवस्थित र सफारीहरूको आतंकले सर्वसाधरण प्रत्यक्ष मार्कामा परेका छन ।

राजमार्ग ढाकेर पसल थाप्ने ब्यापारी देखि पैदल यात्रु तथा बजार भर्न आएका सर्वसाधरणहरूको झोला तान्ने देखि मान्छे किच्दै हिडने सफारीहरूको ज्यादति सहि नसक्नु बनेको छ । लामो समयदेखि बजारलाइ ब्यवस्थित गर्न बजार ब्यवस्थापन समिति गठन हुन नसक्दा अब्यवस्थित भित्र बढनुका साथै ब्यापारी  र सफारीहरूको मनोमानी बढेको हो ।

बजार लाग्ने दिन राजमार्गमा पैदल यात्रिहरू समेत हिडने ठाउ नराखी सफारी पार्किङ र फुटपाथमा बजार लागिदिनाले सर्वसाधरणहरू प्रत्यक्ष मार्कामा पर्ने गरेका छन । उपमहानगरका मेयर , उपमेर समक्ष पटक पटक गुनासो लगेपनि सामधान गर्ने भनेर आस्वासन मात्र दिने गरेको स्थानीयहरूको भनाइ छ ।

आइतबार र बुधबार लाग्ने बजारलाइ ब्यवस्थित गर्न तत्काल बजार ब्यवस्थापन समितिको आवस्यक परेको भएपनि उपमहानगरले यस बिषयमा कुनै चासो नराखेको इटहरी नागरिक समाजका कृयाशिल सदस्य तथा पुर्व राष्टिय खेलाडी सुरेन्द्र तामाङको भनाइ छ ।

सम्बन्धित निकायले चासो नै नराखेपछि अहिले बजारको समस्या बिकराल बन्दै गएको पनि उनको भनाइ छ । एक त इटहरी उपमहानगर कोबिड १९ कोरोना भाइरसको संक्रमणको कारण जोखिममा परिसकेको छ त्यसमा पनि अब्यवस्थित लाग्ने बजारले बढाएको भिडले झनै जोखिम उत्पन्न गरिरहेको तामाङको भनाइ छ ।

त्यस्तै इटहरीकै व्यवसायी हरि कोइराला बजारको दिन त्यो बाटो हिडने ठाउ समेत नपाइने गुनासो गर्छन । सवारीसाधन गुडनको लागि बनाइएको पुलमा समेत ब्यापार गरिदिनाले सर्वसाधरणहरू त्यसै मार्कामा पृने गरेका छन भने सफारीहरूको जथाभावि पार्किङले बजार नै अस्तब्यस्त बनेको व्यवसायी कोइराला बताउछन । इटहरी उपमहानगरपालीका क्षेत्र अन्तरगत टेंग्रा पूलको आसपास साताको दुई पटक आइतबार र बुधबार बजार लाग्ने गरेको छ ।

बजारको दिनह?मा सफारीले मुख्य सडकह? भरिने गरेका छन भने स्थानीय पैदल यात्रितथा बजार भर्न आएका स्थानीयहरूमाथी जथाभावी बोल्ने , हात हाल्ने , झोलाहरू खोस्ने जस्ता अमानवीय कृयाकलापह? गर्दै आइरहेका छन ।

सिटि सफारी र रिक्साहरू मुख्य सडक कब्जा गरी बसिदिनाले सडकको दुबै क्षेत्र साघुरीएर पैदल यात्रीहरू संकटमा पर्ने गरेका छन भने अती आवश्यकिय सवारी एम्बुलेन्स , दमकल , प्रहरीको सवारी समेत घण्टौ रोकीने गरेका छन । केहि समय अघि सो क्षेत्रमा बिरामि बोकेको एम्बुलेन्स समेत भिडमा फसेको थीयो ।

सो एम्बुलेन्स निकाल्न उपमहानगर अन्तरगत नगरप्रहरीको सहयोग लिनुपरेको थीयो । यता यस बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीसंग सम्पर्क गर्दा उनले सर्वसाधरणबाट आएको गुनासो जायज रहेको र समस्या गम्भिर रहेकोले के गर्ने भन्ने बिषयमा तत्काल एक छलफल बसेर सामधान तर्फ लागिने बताए ।

 

प्रतिक्रिया दिनुहोस