इटहरी । नेपाल सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि सुनसरीमा नौ महिना देखि बन्द रहेको निजि तथा सामुदायिक बिद्यालयहरू आइतबारबाट सुचारू भएका छन । सम्बन्धित स्थानीय तहहरूले सुरक्षा मापदण्ड अपनाइ २ वटा समय बनाइ बिद्यालय सञ्चालन गर्न अनुमति दिएसंगै सुनसरिमा बिद्यालयहरू सुचारू भएका हुन ।
कोरोना भाइरस संक्रमणको कारण बिगत ९ महिना देखि बन्द रहेको बिद्यालयहरू सुचारू भएपनि बिद्यार्थीहरूको संख्या अति नै न्युन रहेको देखिएको छ । सुनसरिको इटहरीस्थित पिस जोन बोडिङ , नोबेल एकेडेमि , जनता उच्च मावी , जनसहयोग उच्च मावी , जब्दी मावि लगायतका निजि एवम सामुदायिक बिद्यालयहरूमा बिद्यार्थिहरूको संख्या न्युन देखिएको हो ।
भाइरसको त्रासका कारण धेरै जसो अभिभावकहरू त्रासमै रहेको कारण बिद्यालयहरूमा बिद्यार्थिको संख्या कमि आएको इटहरीस्थित नोबेल एकेडेमिका प्रबन्धक राजेन्द्र श्रेषठले बताए । कोरोना महामारीबिच बिद्यालयहरूले हाल २ वटा समय बनाएर बिद्यालय सञ्चालन गर्दै आएका छन । निजि बिद्यालयहरूले बालबालिकाहरूलाइ बिहानको २ घण्टामात्र शिक्षा दिने गरेका छन भने कक्षा ७ देखि माथिको बिद्यार्थीहरूलाइ दिउसो १२ बजे देखि ३ बजे सम्म शिक्षा दिने गरेका छन ।
त्यस्तै सामुदायिक बिद्यालयहरूले पनि यहि नियमलाइ आत्मसाथ गर्दै एउटा बेन्चमा २ जना बिद्यार्थि राखेर अध्यापन गराउदै आएका छन । बिद्यालय सुचारूको बेला प्रत्येकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र सामाजिक दुरीको समेत पालना गराइ बिद्यालय सुचारू गरिएको इटहरीस्थित नोबेल एकेडेमिका प्रबन्धक राजेन्द्र श्रेष्ठले बताए ।
यता बिद्यालय सुचारू भएको जानकारी पाएपनि अभिभावकहरू भने अन्यौलमै परेका छन । कोविड १९ कोरोना भाइरसको महामारी बिच नानिहरूलाइ बिद्यालय पठाउने या नपठाउने भन्ने अन्यौलता छाएको अभिभावकहरूले बताउदै आएका छन । स्वास्थ्य सुरक्षाको मापदण्ड बनाएर मात्रै बिद्यालय सञ्चालन गर्न भनि शिक्षा समितिलाइ आग्रह गरेसंगै सुनसरीको १२ वटै स्थानीय तहहरूमा बिद्यालय सञ्चालन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए । उनले सुरक्षाको मापदण्ड अनुसार बिद्यालय सञ्चालन भए या नभएको अनुगमन गर्न स्थानीय तहहरूलाइ नै अनुरोध पनि गरिसकेको बताए ।
बिद्यालय सुचारूकै अवस्थामा कुनै बिद्यार्थिलाइ ज्वोरो आए या त्यस्तो कुनै लक्षण देखिएमा तत्काल स्वास्थय कर्मि पठाएर चेकजाच गरिने र त्यो समय सम्म पुन बिद्यालयहरू बन्द गरर्न सकिने , र कोरोनाको संक्रमण पुस्टिभएमा उपचार संग संगै बिद्यालय क्षेत्रलाइ केहि समय तोकेर शिल गर्न सकिने प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण ... ... ...
इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ व... ... ...
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved