त्रिविले किन गर्याे इटहरीकाे जनता क्याम्पसलाइ कार्वाहि ? परिक्षा अन्तै सारेपछि खुल्याे रहस्य

  • प्रकाशित मितिः मंसिर 26, 2077
  • 260 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । त्रिभुवन विश्वविद्यालय अन्तरगत लिइने स्नातक तहकाे परिक्षा अन्यत्रै सारेकाे बिषयलाइ लिएर इटहरीस्थित जनता कलेज प्रसाशनलाइ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र  विद्यार्थी युनियन   (अनेरास्ववियु)क्याम्पस कमिटिले कारण साेध्दै २४ घण्टे चेतावनि दिएकाे छ ।

बिगतकाे वर्षहरूमा साेहि कलेज भित्र हुने स्नातक तहका परिक्षाहरू हाल एकाएक इटहरीकै बिश्व अादर्श कलेजमा सारीएकाे सुचना प्राप्त भएपछि अनेरास्ववियुले कारण साेध्दै २४ घण्टे चेतावनी दिएकाे हाे । 

 जनता कलेज अन्तरगत अनेरास्ववियु कमिटिले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै कलेज प्रसाशनलाइ परिक्षा अन्तै सार्नुकाे कारण माग गगरिएकाे छ । 

131017477_2234904593320085_3643216738037333707_o मिति २०७७, ०८, २३ गते जनता बहुमुखी क्याम्पसको फेसबुक मार्फत स्नातक तह चौथो वर्षको परीक्षा इटहरीमा अवस्थित विश्व आदर्श कलेजमा संचालन हुने सुचना सार्वजनिक भएपछि अनेरास्ववियुले विज्ञप्ति निकालेर २४ घण्टा भित्र सत्य तथ्य बाहिर ल्याउन कलेज प्रशासनलाइ माग गरेकाे छ । 

 परिक्षा स्थान सारिएकाे बिषयमा जनता कलेज प्रसाशन संग बुझ्दा त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यलयबाट कार्बाहिमा परि क्याम्पसले एक वर्षसम्म कुनै पनि त्रिभुवन विश्व विद्यालय मार्फत संचालन हुने परीक्षा लिन नपाउने भन्ने मौखिक सूचना प्राप्त भएको र सत्य तथ्य केहाे बुझेर दाेषि उपर कार्वाहिकाे माग गरिएकाे अनेरास्ववियु जनता बहुमुखि क्याम्पस इकाई सिमिति संयाेजक उज्वल सिक्देलले बताए । 

उनले भने , यस विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । क्याम्पस किन कार्बहिमा पर्यो ? यश कार्यको दोषी को हो भन्ने विषयमा क्याम्पस प्रशासन मौन रहनुले यस विषयलाई झनै जटिल तथा रहस्यमय बनाएको उनले बताए ।  यो घटना क्याम्पसको गौरवशाली इतिहासमा दाग लाग्ने घटना भएका कारण क्याम्पससँग सरोकार राख्ने सम्पुर्णको चासो र चिन्ताको विषय बनेको पनि उनले जनाए । 

अबको २४ घण्टा भित्र क्याम्पस प्रशासनले सत्यतथ्य छानबिन गरि दोषिलाई सार्वजनिक गरि कार्बाही गर्न अनेरास्ववियुको माग रहेको छ । यदि २४ घण्टा भित्र क्याम्पस प्रशासनले दोषी उपर कार्बाही नगरेमा अनेरास्ववियू कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने र त्यस्को सम्पुर्ण क्षतिपूर्ति क्याम्पस प्रशासन स्वयंले बेहोर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस