इटहरी । सुनसरीको ग्रामिण क्षेत्रमा रहेको बराहक्षेत्र नगरपालिका कालाबञ्जरका वासिन्दाहरुलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले पाथिभरा सपिगं सेन्टरको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इटहरीमा रहेको कलश पोलिक्लिनिक प्रालिको सहयोगमा विशेषज्ञ चिकित्सकीय सेवा सहित आयोजित निशुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको हो । शिविरमा आउने सेवाग्राहीहरुलाई इसिजी ,प्रेसर ,सुगर , युरिकएसिड , ब्लड गु्रप परिक्षण सहित डेण्टल र फिजिसियन सेवा प्रदान गरिएको आयोजक पाथिभरा सपिगं सेन्टरका सञ्चालक नविन पाण्डेले जानकारी दिए ।
उनले व्यवसाय मात्र नभएर सामाजिक सेवा समेत गर्नु पर्छ भन्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको वताउदै आगामी दिनमा पनि सामाजिक कार्य गर्दै जाने वताए । वाइट ः नविन पाण्डे पाथिभरा सपिगं सेन्टर सञ्चालक गाउँगाउँमा सेवा नपुगेकाहरुलाई सेवा दिने उद्धेश्यले ग्रामिण क्षे त्रमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको कलश पोलिक्निक प्रालिका सञ्चालक देवेन्द्र बस्नेतले वताए ।
उनले सहर सम्म उपचार सेवा लिन आउन नसक्ने सेवाग्राहीहरुलाई लक्षित गरी गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालनलाई प्राथमिकतामा राखेर अघि वढ्ने जानकारी दिए । वाइट ः देवेन्द्र वस्नेत कलश पोलिक्लिनीक सञ्चालक निशुल्क स्वास्थ्य शिविरमा एक सय पचार जनाले सेवा दिएको आयोजक संस्थाले जनाएको छ । निशुल्क स्वास्थ्य शिविरमा स्थानीय रुपमा डेण्टल सेवा दिदै आएको धरान डेण्टेलले पनि निशुल्क सेवा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण ... ... ...
इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ व... ... ...
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved