इटहरीमा ३ करोडको लगानी सहित खुल्यो बिगबार रेस्टुरेण्ट 

  • प्रकाशित मितिः पुष 8, 2077
  • 1101 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । पछिल्लो समय बिकासले फडको मारे संगै इटहरी क्षेत्रमा ठुलो लगानी सहितका होटलहरू खुल्ने क्रम बढेको छ । यसै क्रममा इटहरीको बिराटनरलाइनमा करीब ३ करोड लागत सहितको बिग बार एण्ड ग्रिल रेस्टुरेन्ट सञ्चालनमा आएको छ । बुधबार औपचारीक कार्यक्रम बिच उदघाटन भएसंगै सो रेस्टुरेन्ट सञ्चालनमा आएको हो । 

इटहरीका जोशिला युवा तथा नेपालका पूर्व राष्ट्रीय फुटवल खेलाडी सुरेन्द्र तामाङ , साथै होटल ब्यवसायमा लामो समय अनुभव बटुलेका किरणकुमार बुढाथोकीको संयुक्त लगानीमा सो रेस्टुरेन्ट सञ्चालनमा आएको हो । 

मुख्य राजमार्ग संगै रहेको उक्त रेस्टुरेन्टमा नेपाली सहित बिदेशी ब्राण्डका पेय पदार्थहरू राखिएका छन । पारिवारीक बाताबरण सहित समुह समुह बनाएर बस्न सकिने देखि  भित्तामा आंकित मनमोहक दृस्यहरू अवलोकन गर्दै बिभिन्न परिकारहरूको स्वाद लिन सकिने जस्ता बिशेस्ता सहित रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्ये सुरेन्द्र तामाङले बताए । 

रेस्टुरेन्टको समुदघाटन गर्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले पछिल्लो समय पर्यटन वर्षलाइ लक्षित गर्दै इटहरीमा सुविधा सम्पन्न होटलहरू खुलिरहेको र यसले आन्तरीक पर्यटकहरू पनि तान्ने प्रयासहरू भइरहेको बताए । 

त्यस्तै   समुदघाटनमै उपस्थित होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जोखिमको बेला करोडौ लगानी गरी खोलीएका होटलहरूलाइ सरकारले पनि केहि अनुदान तथा अनुशरण गर्नुपर्नेमा जोड दिएका थीए । 

प्रतिक्रिया दिनुहोस