इटहरी । राष्ट्रिय राजनीति संकटमा परिरहेको बेला शनिबार सुनसरीको इटहरीमा राजावादिहरूले गोप्य भेला सम्पन्न गरेका छन । पूर्व राजा ज्ञानेन्द्र साह झापा आएकै बेला राजावादिहरूले इटहरीमा गोप्य भेला सम्पन्न गरेका हुन ।
पूर्वमन्त्री तथा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम कुमार शुब्बाको आवासमा राजावादिहरूले शनिबार भावि राजनीतिबारे बिस्लेषण सहित मौकामा चौका हान्ने रणनीति तय गर्दै बिभिन्न कार्यक्रमहरू गर्ने भएका छन ।
भेलाले देशमा हिन्दु राष्ट्र स्थापना र राज संस्था जगाउन बिविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । गत मंसिर २० गते झापामा हजारौको संख्यामा उपस्थित भएर राजसंस्थाको माग गर्दै आएका राजावादिहरूले पुन ः आगामि पुस २२ गते बिराटनगरमा बिशाल जनप्रदर्शन गर्ने भएका छन ।
इटहरीबाट पूर्व राजा ज्ञानेन्द्रको शालिक सहित २० हजार जनता सडकमा उतार्ने र राजसंस्था सहित हिन्दु राष्ट्रको पक्षमा नारावाजी गर्दै इटहरीबाट बिराटनगर सम्म मोटरसाइकल र्यालीको आयोजना गरिने राप्रकाका केन्द्रीय सदस्य रामु पोख्रेलले बताए ।अहिले मोटरसाइकल र्यालीमात्र आयोजना गरिने , पछि थप संघर्षका कार्यक्रमहरू पनि सार्वजनिक गरिने उनको भनाइ छ ।
नेपालमा राजसंस्था स्थापना गराउन सडक आन्दोलन चर्काउने राजावादिहरूको भनाइ छ । कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र भने उपस्थिति नहुने जनाइएको छ । शनिबार इटहरीमा भएको भेलामा राप्रकाका पूर्व मन्त्री राम कुमार शुब्बा सहित , केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूको पनि उपस्थिति रहेको थीयो । पूर्वमन्त्री शुब्बा ज्ञानेन्द्र संग निकै नजिकिएको नेता भनेर चिनिन्छन ।
राजनीतिक बिवादले जनतामा छाएको निरासापनको फाइदा उठाउदै देशमा पुनःराजसंस्था स्थापना गर्ने उद्देस्य सहित जनसहभागितामा बिशाल मोटरसाइकल र्यालीको तयारीमा राजावादिहरू लागि परेका छन । पूर्व राजा झापा आएकै बेला प्रदेश एकमा राजावादिहरू सकृिय हुनुले थप राजनीतिक माहोल तातिदै गएको छ ।
राजनीतिक दलका शिर्ष नेताहरू यति बेला पार्टि बिवादमा फसेको बेला यहि समयको सदुपयोग गर्दै प्रदेश एकमा पूर्वाञ्चलवासी नेपाली जनताको ब्यानर अघाडी सारेर राजावादिहरू सकृिय भएका छन ।
प्रतिक्रिया दिनुहोस
इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण ... ... ...
इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ व... ... ...
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved