बिपन्न वर्गकाे साहारा बन्दै हिपहप नेपाल , इटहरीकाे बिपन्न परिवारलाइ न्यानाे कपडा बितरण

  • प्रकाशित मितिः पुष 20, 2077
  • 232 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । बिभिन्न सामाजिक कार्यहरूमा कृियाशिल रहदै आएको हिपहप नेपालले इटहरी उपमहानगरको २ वटा वडामा ५० भन्दा बढी बिपन्न परिवारहरूलाइ न्यानो कपडा बितरण गरेको छ । इटहरी उपमहानगरको वार्ड नं १६ र १७ मा हिपहप नेपालले न्यानो कपडा , ज्याकेट , सुरूवाल ,स्विटर बितरण गरेको हो ।

जाडो याममा उपमहानगरको ग्रामिण भेगमा बसोबास गर्दै आएका बिपन्न परिवारहरूलाइ मध्यनजर गर्दै स्विटर बितरण गरिएको संस्थाका अध्यक्ष दानबहादुर राइले बताए । 

चीसोले जनजिवन कष्टकर बन्दै गएको बेला थोरै भएपनि बिपन्न परिवारलाइ राहत उपलब्ध हुनेगरी ५० थान बढी न्यानो कपडा बितरणको काम सम्पन्न गरिएको  हिपहप नेपालका अध्यक्ष दानबहादुर राइले बताए । जाडो याममा न्यानो कपडा पाएपछि इटहरी उपमहानगर १६ र १७ का स्थानीयहरू पनि खुशि देखिएका थीए । 

यस अघि पनि बिभिन्न सामाजिक कामहरूमा सकृिय रहदै आएको हिपहप नेपाल आगामि दिनहरूमा अझै कृियाशिल भएर लागि पर्ने अध्यक्ष दानबहादुर राइ बताउछन । 

2 3 4 5 6

प्रतिक्रिया दिनुहोस