युनियनद्वारा सुनसरीका नाै जना पत्रकारहरूलाइ काेराेना बिमा बापतकाे रकम हस्तानतरण

  • प्रकाशित मितिः पुष 20, 2077
  • 190 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना संक्रमण भई निको भएका सुनसरीका नौ जना पत्रकारहरूलाई साेमबार बीमा वापतको रकम हस्तान्तरण गरिएकाे छ । सुनसरीकाे धरानस्थित सेछ होटलमा प्रेस युनियन सुनसरीले दोस्रो चरणको कोरोना बीमा वापतको रकम जनहि एक लाखकाे दरले चेक हस्तानतरण गरेकाे हाे । 
 
नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनी मार्फत गरिएको कोरोना बिमा अन्तर्गतको रकम कोरोना संक्रमण भई निको भएकाहरूलाइ वितरण गरिएको हो ।
 
युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार निर्मल कार्की,सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी , शिशिर राई,संजीता धमला र गोपाल कामतलाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।
 
बिमा ब्यावस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी सहित पुर्व अध्यक्षहरु गणेश निरौला धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रेस युनियनले गरेको कार्य सरहानीय रहेकाे बताएका थीए । 
 
 
धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका 
 
  धरान उपमाहानगरपालिकाको प्रेस युनियनमा नगर समितिको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन्। धरानको सेक्ष होटलमा एक एक कार्यक्रम गरि नेपाललाइ आज अध्यक्षमा चयन गरिएको हो। उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए। उपाअध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह-सचिवमा संगिता राई, कोषा अध्यक्षमा बसन्त राई र सदस्यमा रोहित कुलुङ,सुविक्षा राई र संजिता धमला रहेकाछन। उक्त युनियनको कार्य समिती वर्षको अवधि एक वर्ष रहेने समितिले बताएको छ।

प्रतिक्रिया दिनुहोस