बिपिले २ घण्टा पर्खाउदा अपांग बनिन गंगा : बाबु संग मुद्धा लडदै आमाको स्यहारमा प्रतिक्षा

  • प्रकाशित मितिः पुष 22, 2077
  • 190 पटक पढिएको
  • प्रदेश दर्पण

सुनसरी । एसियाकै ठुलो अस्पताल भनेर ख्याती कमाएको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानले समयमै उपचार नगरिदिदा सुनसरी बराहक्षेत्रकि गंगा तामांग ९राइ० हाल अपांग बनेकि छिन । २ वर्ष अघि सर्पले टोको १५ मिनेट भित्रै अस्पताल पूर्याएपनि २ घण्टा रूगाएर उपचार गर्दा गंगाको शरिर थला परेको हो । २०७५ साल भदौ १२ गते बराहक्षेत्र १ चतराकि गंगालाइ बिशालु सर्पले डसेको थीयो ।

सर्पले डसेको १५ मिनेट भित्रै बिपि प्रतिस्ठान पूर्याएको तर चिकित्सकहरूले समयमै उपचार नगरिदिदा आमाको अवस्था अहिले बिग्रिएको छोरी प्रतिक्षा तामांगले बताइन । अस्पताल प्रशासन र डाक्टरले उपचारमा बेवास्था गर्दा आज आमा उभिएर हिड्न नसक्ने भएको उनले दुखेसो पोखेकि छिन् । पढाइमा स्टार्फ नर्स सकेर अस्पतालमा जागिर खाने सपना बोकेकि २४ वर्षिया प्रतिक्षा अहिले ओछ्यानमा थला परेकि आमालाइ स्यार्न ब्यस्त बनेकि छिन ।

साथमा रहेका बाबा गौरीशंकर लामाले अर्को आमा ल्याएपछि बाबु बिरूद्ध अंश मुद्धा लगाएर हाल अलग्गै बस्दै आएकि प्रतिक्षा बिरामि आमाको स्यहार संगै मुद्धा मामिलामा पनि आफै पुग्ने गरेकि छिन ।४ वर्ष लगाएर अंश मुद्धा जितेपनि बाबाले पुनःरोक्का गरिदिएपछि थप समस्या भएको र त्यहि मुद्धामा अहिले पनि अदालत धाउनुपरेको छोरी प्रतिक्षाको भनाइ छ । उनले बाबा गौरीशंकर बिरूद्ध २०७४ भदौ २० गते मुद्धा दर्ता गरेकोमा जिल्ला अदालत सुनसरीले २०७६ पुस १ , ३ गते त्यसैगरी फैशलाको प्रमाणिकरण २०७६ फागुन २ गते र ६ गते नै गरिसकेको छ ।

pratixya तर फैशलाको बिरूद्ध बाबा गौरी शंकरले गत २०७६ सालमै पुनरावेदन गरिपाउ भनि अर्को मुद्धा दर्ता गरेपछि छोरी प्रतिक्षा थप संकटमा परेकि हुन । एक त आमालाइ उपचार गराउन आर्थिक समस्याले सताइरहेको बेला बाबुले मुद्धा हालेपछि प्रतिक्षा दोहोरो मारमा परेको बताउछिन । न्यायको लागि सबैसंग ढोका ढकढकाएपनि यस्तो बेला कुनै निकायले सहयोग नगरेको प्रतिक्षा बताउछिन । उन्ले आमाको उपचारमा संलग्न त्यो बेलाका चिकित्सक महेश शिलवाललाइ कार्वाहिको माग गर्दै २०७६ सालमा मेडिकल काउन्सिलमा मुद्धा दर्ता गरेपनि हाल सम्म कुनै जानकारी नपाएको बताइन ।

बाबाले छाडेर गएपछि आमा गंगाले नै सामान्य पसल गरेर छोरीलाइ नर्स सम्म बनाइन तर सुखका दिन आउने बेलामा स्वयम थलापरेपछि पारिवारिक स्थिति नै बिग्रिएको छ । हजारौँ सपना संगाल्र्दै स्टाफ नर्सको अध्ययन सम्पन्न गरेकि प्रतिक्षा सपनाको फल पाउने बेलामा मुद्धा मामिलामै अल्झिन बाध्य बनेकि छिन । नर्स त पढे तर आफ्नै पेशाबाट आत्मनिर्भर हुने बेला यो समस्या आइपर्यो प्रतिक्षा थप्छिन ।

hhहालसम्म आमाको उपचारमा मात्र ३० लाख माथि खर्च भैसकको छ । अझैपनि २० लाख माथि खर्च लाग्ने चिकित्सकहरूले बताएपनि उपचार खर्च अभावले झनै समस्यामा परेको प्रतिक्षा बताउछिन । बिभिन्न सामाजिक संघ संस्थाहरूले आर्थिक सहयोग जुटाएपनि खर्च अभाव रहेको उनि बताउछिन ।

आमा गंगालाइ न्याय दिलाउन आफु जो संग पनि लडन तयार रहेको बताउदै पुनरावेदन गरेको मुद्धामा पनि फैशला आफ्नै पक्षमा हुनेमा बिश्वस्त रहेकि छिन । उनको बाबा गौरीशंकर इटहरीका नामि ब्यवसायी पनि हुन ।

aamaa

प्रतिक्रिया दिनुहोस