रामधुनिमा उदहारणिय बन्दै रक्षा सुधार केन्द्र : ४ वर्षमा ४०० जनाले पाए नयाँ जिवन

  • प्रकाशित मितिः माघ 4, 2077
  • 122 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ वर्ष अघि नराम्रो संग अवैध लागु औषध दुर्ब्यवस्नीको शिकार बने । उनले त्यो बेला नगर्नु पर्ने गलति सबै गरे । परिवारबाट टाढिए , पटक पटक प्रहरी कार्वाहिमा पनि परे । जब परिवारबाट टाढा बने त्यसपछि उनले जिवनमा पछुताउनुबाहेक केहि गर्न सकेनन र जिन्दगिलाइ नया बाटो तर्फ मोडिने निर्णय गरे ।हाल उनि रामधुनि क्षेत्रका नामि ब्याक्तिको रूपमा चिनिएका छन ।

त्यस्तै रामधुनि १ का सन्तोष परियार पनि ६ वर्ष सम्म यस्तै फन्दामा परे । बाबु आमाले +२ सम्म अध्यन गराए अब जागिर खान्छ भन्ने आश गरेका छोरो अवैध लागु औषधको सेवनबाट ग्रस्त बने । पटक पटक सुधार्न प्रयास गर्दा सम्म पनि केहि सिप नलागेपछि परियारलाइ सुधार केन्द्र १ वर्ष बसाइयो त्यसपछि उनले पनि नया जिवन पाए । हाल परियार घर छेउमै एक होटल सञ्चालन गरेर बस्दै आएका छन उनको परिवार पनि अहिले खुशि रहेका छन ।

रामधुनी नगरपालीका ३ निवाशि बिवेक तामाङको कथा अलिक फरक छ । स्कुल पढदा पढदै कक्षा ९ देखि नै लागुऔषधको खराब कुलतमा फसेका उनलाइ परिवारले सुध्रन्छ भनेर बिवाह गराइदिए । एक सन्तान भइसक्दा पनि उनले श्रीमती र घरका सदस्यलाइ हातपात गर्न छाडेनन । दैनिक कलह , झैझगडा पश्चात श्रीमतिले घर छोडिन र उनि संग पारपाछुके सम्म गरिन ।

हार खाएर परिवारकै सदस्यहरूले प्रहरीकहा बुझाए २ वर्ष जेल सजाय भोगेर आए तर केहि समय सुध्रे जस्तो देखिएपनि पुन बानि बेहोरा त्यस्तै र लतमा फस्न थालेपछि उनलाइ घर र सम्पतिबाटै बिलग गराइ समाजबाटै निकाला गरियो । त्यसपछि उनि आफै सुधारकेन्द्र गएर बस्न थाले ।बिस्तारै बितारै बानिहरू हराउदै गए हाल उनि रामधुनि बजारमै एक फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन ।

यो कथा थीयो रामधुनि नगरपालीकामा रहेर बिभिन्न समयमा लागु औषधको खराब कुलतमा फसि पुन नयाँ जिवन पाएकाहरूको । रामधुनी नगरपालीका वार्ड नं ३ स्थित प्रगति चौकमा स्थापित रक्षा फाउण्डेसनद्वारा सञ्चालित रक्षा सुधार केन्द्र त्यस क्षेत्रकालागि मात्र नभइ सुनसरीमा पनि उदहारणिय बन्दै गएको छ । २०७३ सालमा स्थापना भएको सो सुधार केन्द्रले स्थापना देखि हाल सम्म ३९७ जना लाइ नयाँ जिवन दिइसकेको छ । बिभिन्न समयमा लागु औषध दुर्ब्यसनबाट फसेकाहरू तथा कारणबस सामाजिक बाहिस्कारमा परेकाहरूलाइ उपचार र परामर्स पछि उनिहरूले नयाँ जिवन पाएका हुन ।

बढदो शहरिकरण संगै समाजमा फैलिएको बिकृति बिसंगतिलाइ नियन्त्रण गर्ने र नराम्रो लतमा लागेकाहरूलाइ सुधारेर पुन: त्यहि समाजमा स्थापित गराउने उद्येश्यले स्थापना भएको सुधार केन्द्र त्यस क्षेत्रकोलागि बरदान नै सावित बनेको छ । हाल सम्म ४०० को हाराहारीलाइ नयाँ जिवन दिइसकेको रक्षा फाउण्डेसनद्वारा सञ्चालित सुधारकेन्द्रका संस्थापक अमृत पुलामि मगरले बताए । उनले यहाबाट सुधार भएर निस्केकाहरू मध्ये धेरै जसो बैदेशिक रोजगारमा रहेको र केहि यतै गाउ घरमै ब्यवसाय गरी आफ्नो जिवन चलाइरहेको बताए ।

ss2 सुरूवाति समयमा स्थानीयले नै बिस्वास नगरेका मान्छेहरूले चलाएको सुधार केन्द्र भन्दै बिरोध गर्ने गरेको तर हाल धेरैले नया जिवन पाएको देखेर स्यावासि दिन कार्यालय सम्मै आउने गरेको उक्त केन्द्रका संस्थापक पुलामि बताउछन । स्थापनाको समयमा २ जना राखेर काम सुरू गरेको सुधार केन्द्रले हाल सम्म ४०० जनाको हाराहारीलाइ सुधारेर समाजमै प्रतिस्ठिट ब्याक्ति बनाएपछि यसको चर्चा रामधुनि देखि बाहिरका शहरहरूमा पनि पुगेको बताउछन ।

यता इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरिक्षक कैलाश कुमार अधिकारी पनि सो सुधार केन्द्रको खुलेर प्रसंशा गर्ने गरेका छन । लागु औषध आफैमा खतरनाक नशा हो यसको दलदलमा फसिसकेपछि मानिसको जिवन बर्वाद त हुन्छ नै पछि दिर्घ रोगि समेत बनाउछ तर यहाबाट निकालेर मान्छेलाइ नयाँ जिवन दिनु सानो कुरा हइन उनले भने । पछिल्लो समय प्रहरीको लागि पनि चुनौको बिषय बनेको लायु औषध नियनत्रणका घटनालाइ मध्यनजर गर्ने हो भने सुधार केन्द्रहरूले खेलेको भुमिका अपरिहार्य रहेको प्रहरी निरिक्षक अधिकारी बताउछन ।

प्रतिक्रिया दिनुहोस