नौ महिना पछि खुल्यो सिनेमा हल : दर्शक नपाउदा लाखौ घाटा बेहोर्न बाध्य सञ्चालक

  • प्रकाशित मितिः माघ 5, 2077
  • 301 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण बिगत नौ महिना देखि थला परेको चलचित्र घरहरू गत पुस २२ गतेबाट सञ्चालनमा आएका छन । प्रदेश एकमा चलचित्र घरहरू सञ्चालनमा आएपनि दर्शकहरू नपाउदा र समयमै फिल्महरू नपाएपछि हल सञ्चालकहरू अहिले मासिक लाखौ रूपैया घाटा बेहोर्न बाध्य बनेका छन । कोरोनाको त्रास जनमानसबाट हटदै गएपनि पर्याप्त शुचना नपाउदा र तिन वटै निकायका सरकारहरूले सिनेमा घरहरू प्रति बेवास्था गरिदिएको कारण हल सञ्चालकहरू मारमा परेको फिल्म निर्देशकहरूले बताउदै आएका छन ।

सिनेमा घरहरू खुलेर सञ्चालनमा आए तर दर्शहरू हल सम्म आउन अझै डराउने गरेकोले हल सञ्चालकहरू प्रत्यक्ष मार्कामा परेको इटहरीका कुशल चलचित्र निर्देशक तथा नेपाल चलचित्र कर्मी महासंघ प्रदेश १ को पूर्व सल्लाहाकार भिम लामा बताउनुहुन्छ ।

इटहरीमा अत्याधुनिक र सेवा सुविधा सम्पन्न तिन वटा सिनेमा घरहरू मध्ये २ वटा पुर्ण रूपमा सञ्चालन हुदै आएका छन । इटहरीको आइतबारेमा चर्चित फिल्म निर्माता एवम निर्देशक छवि ओझाले सञ्चालनमा ल्याएका इलाइट सिनेमा घर र इटहरीकै मुख्य चौकको पूर्वदिशामा ब्यवसायी राजेश श्रेष्ठद्वारा निर्मित सेन्ट्रल प्लाजाको पाचौ तलामा सिने फ्लेक्स सिनेमा घर सञ्चालनमा रहेको छ भने इटहरीकै पूर्व दिशामा टेंग्रा खोला छेउ बनेको इटहरी मलद्वारा सञ्चालित आइसिनेमा भने बिगत एक वर्ष देखि नै बन्द अवस्थामा रहेको छ ।

सञ्चालनमा रहेका दुइवटा हलहरू पनि अहिले दर्शक नपाएर प्रत्यक्ष मार्कामा परेका छन । बिगत नौ महिना देखि बन्द अवस्थामा रहदा करोडौको घाटा बेहोरी सकेको सिनेमा घरहरूले अहिले हलहरू सञ्चालनमा आइसक्दा पनि लाखौ घाटा बेहोर्नु परिरहेको आइतबारे स्थित इलाइट सिनेमा घरका सञ्चालक नवराज केशिले बताए ।

उनका अनुसार हलसंगै केहि नया चलचित्रहरू पनि प्रदर्शनमा आएको तर दर्शकहरू सिनेमा घर सम्म आउन अझै डराएको कारण हामि आफै घर घर पुगेर टिकट बिक्रि गर्नुपर्ने अवस्था आइपुगेको बताए । यसो गर्दा पनि मरेर ३० देखि ४० जना मात्र दर्शक हल सम्म आउने गरेको उनको भनाइ छ ।

यता इटहरीमा मात्र नभइ प्रदेश एकमा सञ्चालित सबै हलहरूको अवस्था पनि यस्तै रहेको छ । करीब २ दर्जन भन्दा बढी हलहरू रहेका भएपनि प्रदेश एकमा अहिले सिनेमा घर सम्म पुगेर फिल्म हेर्न दर्शक अभाव देखिएको छ ।

दर्शक आउने आशमै हालै सेन्टि भाइरस चलाइयो तर मुस्किलले ३० जना मात्रै आइपुगे यसरी कसरी चल्छ सिनेमा घर सुनसरीको झुम्का स्थित म्याजिक थ्रिडी चलचित्र हलका सञ्चालक एवम कलाकार परशुराम चौधरी बताउछन । यता भर्खरै मात्र प्रदर्शनमा आएको नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदेश एकमा प्रमियर सो सम्पन्न गरिएको छ ।

कलाकार शिव श्रेष्ठ सहितको टोलि प्रदेश एकको बिभिन्न सिनेमा घरहरू पुगेर फिल्म हेर्न अनुरोध गरेपनि दर्शक नपाउदा आफै खिन्न बनेर काठमाण्डौ फर्किएका छन ।उनले प्रदेश एकको सिनेमाहलहरू बाटै तिन वटै सरकारले सिने क्षेत्रका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने जस्ता जाय कुराहरू राख्दै काठमाण्डौ फर्केका छन ।

प्रतिक्रिया दिनुहोस