इटहरी । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वर मा ‘मिर्मिरे बिहानी…’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।
एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् ।
सविना नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी थिइन् । भिडियोमा पृथ्वीमान आफैले नाचेका छन् भने उनलाई गोमा योङहाङले साथ दिएकी छिन् । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई, राज परियार साथ दिएका छन् ।
भिडियोको लागि श्रृङ्गार महेस सिग्देल, छायांकन शीरकुमार साम्पाङ र दिनेश राई (सुविन), कोरियोग्राफ जेनिशा गिरी, सम्पादन बसन्त वाम्बुले राईले गरेका छन् ।
भिडियो हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved