इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घोषणा गरिएको फागुनमा ४ वर्ष पुग्छ । बडो तामझाम र बाजा गाजा सहित औपचारीक कार्यक्रम बिच जिल्लालाइ गत २०७४ साल फागुनमा साक्षर जिल्लाको रूपमा घोषणा गरिएको थीयो । घोषणा भएको वर्ष तिनै वटा सरकारले कार्यानवयन पक्षलाइ ध्यान दिएपनि अहिले ब्यवस्था लथालिंग बनिदिदा अवस्था पुरानै बनिन पुगेको छ ।
साक्षर जिल्ला घोषणा भएको सुनसरी भित्रै रहेका थुप्रै मुसहर समुदायका बालबालिकाहरू अहिले पनि शिक्षाबाट बञ्चित हुदै आएका छन । सुनसरीको रामधुनी ६ स्थित सरोना मुसहर गाउँका ७० भन्दा बढी बालबालिकाहरू शिक्षाबाट बञ्चित रहेका छन । नेपाल सरकारले शिक्षाबाट कोहि बञ्चित नहुन भनेर बिभिन्न योजना सहित शिक्षा क्षेत्रमा बार्षिक करोडौ लगानी गरेपनि प्रतिफल निरासजनक हुने गरेको पाइन्छ ।
घरको आगनमै माध्यमिक तह सम्मको बिद्यालय भएपनि रामधुनि ६ स्थित मुसहर बस्तिका बालबालिकाहरू शिक्षाबाट बञ्चित रहदै आएका छन । बिद्यालयले आवस्यक पर्ने पाठ्य पुस्तक तथा पोशाक र दिवा खाजाको ब्यवस्था गरिदिएपनि त्यहाका बालबालिकाहरू बिद्यालय जान मान्दैनन ।
समुदायमा छाएको गरिबि र अशिक्षाको कारण मुसहर बालबालिकाहरू बिद्यालयको सट्टा दैनिक ज्यालादारीमा जुटने गरेको उनिहरूको अभिभावक स्वयम बताउछन । छेउमै श्री पञ्चायत आधारभुत बिद्यालय रहेपनि त्यहाका बालबालिकाहरू बिद्यालय नै जान नमानेको अभिभावकहरूको भनाइ छ ।
सुरू सुरूमा जाने गरेपनि अहिले घरको अवस्था देखेर बिद्यालय जानको सट्टा माछा मार्न जाने गरेको र त्यहि माछा बेचेर परिवारको गुजारा गर्ने गरेको रामधुनी ६ मुसहर बस्तिका अभिभावक बुद्धनारायण सदा बताउछन । उमेरले १६ वर्ष पुगेकि अञ्जना सदा पनि यस्तै भन्छिन ।बिद्यालय जान थाल्यो भने घरको अवस्था बिग्रन्छ बरू रोजि रोटि गरे चुल्होमा आगो बल्छ उनले थपिन । हाल उनि झुम्का स्थित एक धनादयको घरमा काम गर्दे आएकि छिन । बाल्यकालमै शिक्षाबाट बञ्चित रहेको कारण हाल उनि आफ्नो नाम सम्म लेख्न जान्दिनन ।
यता गाउमै रहेको श्री पञ्चायत आधारभुत बिद्यालयका प्रधानाध्यापक अनन्तराज चौधरीका अनुसार समुदायभित्र अबुझपन धेरै छ ।भर्ना अभियानमा पटक पटक नानिहरूलाइ बिद्यालय पठाउन आग्रह गरेपनि केहिले पठाए भने धेरैले ज्यालादारीमै पठाए फलस्वरूप यहाका बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन पुगे प्रअ चौधरी भन्छन । यता रामधुनि नगरपालीकाका मेयर जय प्रकास चौधरीसंग सम्पर्क गर्दा यो बिषय अत्यन्तै जटिल रहेको बताए । रामधुनी नगरपालिकालााई चाडैं नै बालमैत्री नगरपालिका घोषणा गरिने तयारी चलिरहदा मुसहर बस्तिका बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनु दुखको कुरो रहेको र तत्काल अनुगमन गरी समस्याको सामधान तर्फ स्थानीय सरकार अग्रसर रहने मेयर चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved