इटहरीको बिपन्न परिवारलाइ तरूण दलको न्यानो कपडा 

  • प्रकाशित मितिः माघ 16, 2077
  • 943 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । केहि दिन यता बढेको बाक्लो हुस्सु र कठ्यांग्रिदो चिसोलाइ मध्यनजर गर्दै अति प्रभावित क्षेत्रहरूमा नेपाली कांग्रेस भातृ संगठन नेपाल तरूण दलले न्यानो कपडा बितरणको कार्यक्रमलाइ अघि बढाएको छ । 

केहि साता अघि पनि इटहरी उपमहानगरको वार्ड नं १८मा न्यानो कपडा बोकेर पुगेको तरूण दल शुक्रबार इटहरीको १७ नं वार्डमा पनि पुगेको छ । यसैबिच इटहरी उपमहानगर वार्ड नं २० को तरूण दल वडा समितिले वार्ड नं १७ स्थित   बिपन्न मुसहर बस्तिमा शुक्रबार न्यानो कपडा बितरण गरेको छ । उक्त बस्तिका ३५ घर परिवारलाइ जाडोमा लगाउने स्विटर , पञ्जा , ज्याकेट लगायत न्यायो कपडा बितरण गरेको हो ।

सो क्षेत्रमा रहेका अति बिपन्न परिवारको पहिचान गरि न्यानो कपडा बितरण गरिएको नेपाल तरूण दल वार्ड नं २० का अध्यक्ष आइजंग खडकाले बताए । जाडो मौसम र बिपन्न परिवारको अवस्थालाइ मध्यनजर गर्दै अन्य वडामा पनि न्यानो कपडा लगायतका आवस्यकिय सामग्रिहरू बितरण गरिने वडा कमिटिका अध्यक्ष खडकाले बताए । 

प्रतिक्रिया दिनुहोस