इटहरीमा ब्यवसायिले प्रतिकार गर्दा बन्द असफल : राजनीतिक केन्द्रमै बन्दकर्ताकाे उपस्थिति शुन्य

  • प्रकाशित मितिः माघ 22, 2077
  • 193 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम अंसवैधानिक भएको भन्दै बिहीबार पुष्प कमल दहाल (प्रचण्ड) माधव नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको एक दिने नेपाल बन्द अन्तरगत सुनसरीको इटहरीमा प्रभाव देखिएको छैन ।

नौ महिना कोरोनाको कहर र लकडाउनले ब्यवसाय थला परिरहेको बेला ब्याक्तिगत स्वार्थ पुरा गर्न राजनीतिक दलले गरेको बन्दलाइ इटहरीका ब्यवसायिहरूले ठाडै अस्विकार गरि ब्यवसायहरू सुचारू गरेपछि इटहरीमा बन्द असफल देखिएको हो । छिमेकि शहरहरू धरान , झुम्का , सुन्दरहरैचा बिराटनगर लगायतका स्थानहरूमा बन्दकर्ताले बाक्लो उपस्थिति जनाइरहदा इटहरीमा भने शुन्य देखिएको छ ।

प्रदेश एकको ब्यापारीक केन्द्र संगै राजनीतिक दलहरूको पनि केन्द्र मानिएको इटहरीमा बिहानै देखि प्रचण्ड , नेपाल पक्षका बन्दकर्ता तथा कार्यकर्ताहरू देखिएका छैनन । बन्दकर्ताको उपस्थिति नै शुन्य बनेपछि इटहरीमा बन्दको प्रभाव पनि देखिएको छैन ।

नजिकैको शहर धरानमा बन्दले प्रभाव पारिरहदा इटहरीमा ब्यवसायिहरूको एक रूपता र प्रधानमन्त्री ओलि पक्षको बलीयो पकड रहेकाे हुदा बन्द असफल मानिदै आएको छ । इटहरी राजनीतिक पहुचको आधारमा ओली पक्षको नेकपा हावि भएको शहर पनि मानिन्छ ।

b2 बन्दको आयोजना गरिएपनि इटहरीमा बिहानै देखि ब्यवसायिहरूले आ – आफ्नो पसल बन्द नगर्ने अडान स्वरूप खुल्ला गरेका थीए । नौ महिना कोरोनाको कहरका कारण ब्यापार ब्यवसाय चौपट बनेको ठहर सहित राजनीतिक दलले आयोजना गरेको बन्दको सोझै प्रतिकार गर्ने ब्यवसायिहरूले अडान लिएका छन ।

बन्द सदाका लागि बन्द हुनुपर्छ इटहरी आपगाछिका ब्यवसायी टंक दहालले बताए । उनले ब्याक्तिगत स्वार्थकालागि जनता र ब्यापारी मार्ने काम भए मुलुकमा अर्काे आन्दोलन जन्मने बताउदै बन्दको प्रतिकार गरी सबैले ब्यवसाय सुचारू गरेको पनि बताए ।

bandaत्यस्तै इटहरीका कपडा ब्यवसायी कमल बस्नेतले पनि ब्याक्तिगत स्वार्थ राखेर आयोजना गरिएको बन्दको कुनै हालतमा समर्थन गर्न नसकिने बताए ।एक त कोरोना पछि भर्खर उठदै गरेको ब्यवसाय पुनः बन्द गर्दा आफुहरू प्रत्यक्ष मार्कामा पर्ने बताए । त्यस्तै इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले पनि ब्यवसायिहरू बन्दको पक्षमा नरहेकोले बिहानै देखि इटहरी बजार खुल्ला रहेको जानकारी गराए । उनले अब बन्दलाइ ब्यवसायिले कुनै हालतमा समर्थन नगर्ने बताउदै इटहरीलाइ सधैभरी खुल्ला शहर बनाउने योजना रहेको पनि बताए ।

यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले पनि नेपाल सरकारको गृह मन्त्रालयबाट जारी सुचनाको आधारमा बन्दलाइ नजिकबाट नियालिरहेको र त्यस्तो अराजक गतिविधि भए तत्काल एकसन लिने बताए । उनले इटहरीको मुख्य चौक लगायत राजनीतिक सम्भावित जमघट हुने स्थानहरूमा बाक्लो संख्यामा प्रहरी परिचालन गरी निगरानी गर्नुका साथै सिआरभि भ्यानलाइ पनि चारैतिर गस्ति गरिरहेको बताए ।

truck यता बन्दको अवज्ञा गरेको भन्दै नेकपा कार्यकर्ताहरूले बिहीबार इटहरीमा एक भारतीय नंको ट्रकलाइ नियन्त्रणमा लिइ तोडफोड गरेका छन । तोडफोडबाट उक्त गाडीको अघाडीको सिशामा क्षति पुगेको छ । समयमै प्रहरी पुगेर स्थिति समहालेपछि बाताबरण शान्त बनेको थीयो ।

प्रतिक्रिया दिनुहोस