लियाे क्लबकाे रक्तदानमा ५१ प्रिण्ट रगत संकलन

  • प्रकाशित मितिः माघ 29, 2077
  • 214 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीकाे धरान स्थित लियाे क्लब अफ धरान बुढासुब्बाले बुधबार अायाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ प्रिण्ट रगत संकलन भएकाे छ ।
 
काेराेना भाइरस र लकडाउनकाे समयपछि अस्पतालहरूमा रगत अभाव चर्किएकाे अवस्थालाइ मध्यनजर गर्दै लियाे क्लब धरान बुढासुब्बाले रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।
 
rr2 उक्त कार्यक्रममा लियाेका सदस्य , लगायत अन्यले रगत दान गरेका थीए भने प्राविधिक रूपमा नेपाल रेडक्रश साेसाइटिले सहयाेग गरेकाे बुझिएकाे छ ।
 
भाइरसकाे संक्रमणकाे प्रभावका कारण प्रदेश एकका धेरै अस्पतालहरूमा रगत अभाव देखिएकाेले त्यस्लाइ थाेरै भएपनि न्युनिकरण गर्ने उद्येश्यले रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे कार्यक्रम संयाेजक अभि शेखले बताए ।
 
कार्यक्रम लियाे क्लब अफ धरान बुढासुब्बाकि अध्यक्ष माैसमि कार्किकाे अध्यक्षतामा सम्पन्न भएकाे थीयाे । कार्यक्रममा रगत दान गर्ने र उपस्थित अतिथिहरूलाइ क्लबका परिवारले सम्झना स्वरूप मायाकाे चिनाे बितरण गरेकाे थीयाे ।
rr3

प्रतिक्रिया दिनुहोस