दुइ दिनमा २० वटा होटल अनुगमन : अध्यक्षकाे होटलमात्रै अतिउत्तम : २ लाइ चेतावनी

  • प्रकाशित मितिः फाल्गुन 4, 2077
  • 813 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । बिकासले फडको मारेसंगै बढदो शहरिकरण बिच एक पछि अर्काे होटलहरू स्थापना हुदा उनिहरूले प्रदान गर्ने सेवा सुविधा र गुणस्तरको मुल्यांकन गर्न इटहरीमा संयुक्त होटलहरूको अनुगमन गरिएको छ । पछिल्लो समय कोरोनाको प्रभाव कम भएसंगै इटहरीमा सुबिधा सम्पन्न होटलहरू स्थापना हुने क्रम जारी रहेको छ । यसैलाइ मध्यनजर गर्दै सेवाग्राहिहरूलाइ दिइरहेको सेवा सुविधा र मापदण्डको मुलांकन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरूवा र इटहरी उपमहानगरको संयुक्त टोलिले २ दिनमा २० वटा होटलहरू अनुगमन गरेको छ ।

आइतबार देखि सुरू भएको अनुगमन सोमबार सम्म आइपुग्दा जम्मा २० वटा होटलहरूको निरिक्षण सम्पन्न भएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरूवाका प्रमुख काशीनाथ घिमिरेले बताए । उनले होटलहरूलाइ प्रभावकारी र थप ब्यवस्थित बनाउनकै लागि इटहरीका सुविधा सम्पन्न होटलहरूमा अनुगमन गरिएको बताए ।

टोलिले दुइ दिनमा २० वटा होटलहरूको अनुगमन सम्पन्न गरेको छ । पछिल्लो समय इटहरीभित्र नाम चलेका १४ वटा ठुला होटलहरूमा अनुगमन गर्दा अवस्था सन्तोषजनक रहेको बताइएको छ । अनुगमनकै क्रममा होटल ब्यवसायि संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सञ्चालन गरेको होटल इन्टुरिस्टले मात्रै क वर्गको अति उत्तमको हरियो ३ तारे स्टिकर प्राप्त गरेको छ । त्यस्तै इटहरीकै आइतबारेमा सञ्चालित पूर्वाञ्चल आइसकृिम पार्लरले ख वर्गको उत्तम हरीयो स्टिकर पाएको बताइएको छ । त्यस्तै इटहरीकै ओखलढुंगे होटल , गोरखा होटल , गोरखा डिपार्टमेन्टद्वारा सञ्चालित गोरखा किचन , खनारस्थित रिलायन्स स्पिनिङ मिल्स भित्र सञ्चालित क्यान्टिङ , तरहराको लामा होटल ,इटहरिको आपगाछि स्थित मझेरी होटल र लामा सेकुवा कर्णरले पनि ख वर्गको उत्तम हरीयो २ तारे स्टिकर पाएको बताइएको छ ।

अनुगमनकै क्रममा इटहरी धरानलाइन स्थित न्यु पुर्वाञ्चल आइसकृिम पार्लरले भने उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी खाद्य सामग्री राखेको पाइएकोले त्यसलाइ तत्काल सुधार गर्न चेतावनि स्वरूप पत्र दिइएको छ । खाना बनाउने किचन सरसफाइ देखि , खाद्य सामग्रिहरूको सुरक्षित भण्डारण नभएको पाइएपछि त्यसलाइ तत्काल सुधार्न सो पार्लरका सञ्चालकलाइ चेतावनि दिएको अनुगमनमा खटिएका इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले बताए । त्यस्तै तरहरा स्थित गुरूङ होटलको किचन र सेवा सुविधा राम्रै भएपनि बधशाला फोहोर रहेको भेटिएपछि त्यसलाइ तत्काल सुधार गर्न अनुरोध गरिएको बताइएको छ । उक्त होटलले पनि सन्तोषजनककै हरीयो २ तारे स्टिकर प्राप्त गरेको जनाइएको छ ।

अनुगमनकै क्रममा धेरै जसो होटल ब्यवसायिहरूले ब्यवसाय दर्ता गरेपनि नविकरण भने नगरेको पाइएको थीयो । उनिहरूलाइ उपमहानगरमा उपस्थित भएर नविकरण गर्न सुझाव दिइएको राजस्व शाखा प्रमुख भट्टराइले बताए । इटहरीमा होटल अनुगमनको खबर पाएपछि केहिले हतारमा सरसफाइ थालेका थीए भने केहिले अनुगमनलाइ नाटकको रूपमा लिएका थिए ।

खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्टको स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम इटहरीका होटलहरुको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरूवाका प्रमुख काशिनाथ घिमिरेले बताए । उनले खाद्य स्वच्छताको आधारमा होटलहरुलाई चार वर्गमा विभाजन गरी अनुगमन गरिएको पनि बताए । जसमा अतिउत्तमलाई ‘क’ वर्ग, उत्तमलाई ‘ख’ वर्ग, सन्तोषजनकलाई ‘ग’ वर्ग र सामान्य तथा सुधार गर्नुपर्नेलाई ‘घ’ वर्गमा राखिएको उनले बताए । जसमा क वर्गको अति उत्तमको स्टिकर पाउने एक , ख वर्गको उत्तम ८ , ग वर्गको सन्तोष जनक ५ रहेका छ भने घ वर्गको स्टिकर कसैले नपाएको बताइएको छ । यता होटल ब्यवसायिहरूले भने वर्षमा एक पटक मात्र अनुगमन गर्दा प्रभावकारी नभएको र नियमित अनुगमन गर्न सुझाव दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस