बिज्ञापनमा पाथिभरा एडभरटाइजिङ र राेजगारमा पाथिभरा जव लिंककाे याेग्दान महत्वपुर्ण

  • प्रकाशित मितिः फाल्गुन 4, 2077
  • 145 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीस्थित पाथिभरा एड्भटाइजिगंले सातौ र पाथीभरा जवलिंकले मंगलबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिज्ञापन संगै बेरोजगार किशोर , किशोरीहरूलाइ बिभिन्न समयमा रोजगार प्रदान गर्दै महत्वपुर्ण योग्दान पुर्याउदै आएको पाथिभरा एड्भटाइजिगं र पाथीभरा जब लिंकले इटहरीस्थित होटल इन टुरिस्टमा आफ्नो वार्षिक साधरणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व अर्थमन्त्री तथानेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको युगमा सञ्चार जगतको बेग्लै महत्व रहेको र यो क्षेत्रमा पाथिभरा एडभरटाइजिङले पुर्याएको योग्दानको खुलेर चर्चा गरेका थीए । उनले रोजगारीको अवसरहरु खोजी गरेर युवाहरुलाई रोजगारीमा जोडने काम गर्नेकम्पनीहरु काठमाडौंमा मात्र सिमित हुनु नहुने भन्दै पाथिभराले गरेको योगदान देशविकासमा महत्वपुर्ण रहेको बताए ।

कार्यक्रमका अतिथीहरुले विज्ञापनलाई व्यवस्थित बनाउने कायमा एड्भाटाइजिगंकम्पनीहरुले महत्वपुर्ण योगदान गर्दै आएको साथै जब लिकंका माध्यमबाट धेरै युवाहरुलेरोजगारीको अवसर पाइरहेको वताउदै पुर्व क्षेत्रमा पाथिभरा एड्भटाइजिगं तथा पाथिभराजब लिकं इटहरीले विज्ञापन तथा रोजगारीका क्षेत्रमा त्यसै महत्वपुर्ण योगदान गरेको चर्चागरे ।

कार्यक्रममा विशिक्ष्ट अतिथीद्धय नेपाल विज्ञापन महासंघका महासचिव कृष्ण घिमीरे,नेपाल बोड कास्टिगं एशोसिएनका अध्यक्ष चन्द्र न्यौपाने , उद्योग वाणिज्य संघ इटहरीकाअध्यक्ष भीम पौडेल,प्रेस संगठन प्रदेश १ इन्चार्ज राजन केडी लगायतले बोलेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ इटहरीकाअध्यक्ष जीवन पराजुली , इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । पाथिभरा जब लिकंले छोटो समयमै धेरै जनालाईरोजगारी प्रदान गर्न सफल भएको छ । कार्यक्रम पाथिभरा एड्भटाइजिगं प्रालिका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थीयो ।

प्रतिक्रिया दिनुहोस