इटहरी । सुनसरीको इटहरीस्थित बिहीबार दिउसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन । इटहरी उपमहानगर २ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियनत्रणमा लिइ प्रहरीमा बुझाएका छन ।
घरका सबै सदस्य तेश्रो तल्लामा रहेको र केहि तलको किराना पसलमा रहेकै बेला मौकाको फाइदा उठाइ भित्र छरेर चोरी गरी फरार भइसकेका ब्याक्तिलाइ स्थानीयहरूले इटहरीको इम्पेरियल होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन ।
स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका ब्याक्ति मक्वानपुर जिल्लाको हेटौडा उपमहानगर २ घर भएका २९ वर्षिय मनिष घिमिरे रहेका छन ।
उनको साथबाट प्रहरीले १२ तोला सुनका गरगहना , सावित्र भण्डारीको नाममा काटिएको रू १८ लाख ४५ हजारका बिभिन्न बैंकका चेक , डिल्लीबहादुर भण्डारीको नामको सानीमा बैंकको एटीएम कार्ड , र नदग ६० हजार ४२४ रूपैया बरामद गरेको छ ।
पक्राउ परेका ब्याक्तिले नशालु पदार्थ सेवन गर्ने गरेको र सिरिञ्जको समेत प्रयोग गर्ने गरेको अनुशन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । निजलाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यक कार्वाहि प्रकृिया अघि बढाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved