इटहरी प्रहरीमा CDR शाखाको कमाल : चोरी भएका मोबाइल २४ घण्टा भित्रै भेटिए

  • प्रकाशित मितिः फाल्गुन 7, 2077
  • 598 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । तिजको बेला रमाइलो गर्ने धुनमा इटहरी ६ कि नितु शर्माले आफ्नो मोबाइल चोरी भएको पत्तै पाइनन । जब मोबाइल खोज्दा भेटिनन तब उनले चोरी भएको महसुस गरिन र साथीहरूको सहयोगले इलाका प्रहरी कार्यालय सम्म पुगि निवेदन दर्ता गरिन । प्रहरीले चोरी भएको साढे ४ महिना पश्चात उनलाइ फोन गरेर मोबाइल भेटिएको र लिन आउन जानकारी दिएपछि उनको खुशिको कुनै सिमै रहेन ।

मोवाइल लिन प्रहरी कार्यालय आउदा आफुले माया मारिसकेको बस्तु यसरी भेटिन्छ र खुशि मिल्छ भन्ने एक मन पनि नसोचेको बताइन । उनले मोबाइल समाउदै प्रहरीलाइ धन्यवाद पनि दिइन र हास्दै बाहिरिइन ।

3 त्यस्तै इटहरी २० तरहराका भुवन पोख्रेलले पनि माया मारिसकेको मोबाइल प्रहरीले फेला पारेर दिएपछि खुशि हुदै बाहिरिएका थीए । उनले पनि भेटिन्छ भन्ने आश चै नगरेको तर भेटियो खुशि लाग्यो भन्दै बाहिरिए ।

यसैबिच इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार चोरी भएका तथा हराएका बिभिन्न ब्राण्डमा ३० थान मोबाइलहरू सम्बन्धित धनिहरूलाइ बुझाएको छ ।मोबाइल धनिहरूले चोरी भएको वा हराएको भनि उजुरी दिएको आधारमा खोजि गरी फेला परेको खण्डमा उनिहरूलाइ कार्यालयमा बोलाइ मोबाइलहरू फिर्ता गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक ९ डिएसपी ० अर्जुन केशिले बताए ।

1प्रहरीले बिभिन्न समयमा फेला पारि बुझाएको ३० थान मोबाइलको बजार मुल्य हालको ५ लाख ५३ हजार ३ शय रहेको छ । हराइसकेको र माया मारिसकेको मोबाइलहरू प्रहरीले फेला पारी सम्मान पुर्वक फिर्ता गराउदा सम्बन्धित धनिहरू पनि खुशि देखिएका थीए ।

इलाका प्रहरी कार्यालय इटहरीमा ऋम्च् शाखा स्थापना भएपछि मोबाइल चोरी तथा हराएको भनि उजुरी आउनेहरूको संख्या बढदो छ । मोबाइल चोरी पश्चात सम्बन्धित धनिले दिएको उजुरीको आधारमा प्रहरीले मोबाइलको खोजि सुरू गर्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

2हराएको तथा चोरी भएका मोबाइलको भ्ःक्ष् कोड मार्फत कस्ले र कुन लोकेसनमा प्रयोग गरिरहेको छ सो सजिलै पत्ता लाग्ने प्रहरीको भनाइ छ । कुनै मोबाइल त हराएको २४ घण्टा भित्रै पनि फेला परेको छ भने केहि चै ढिलो गरि पत्ता लागेको प्रहरी भनाइ छ ।

मोबाइल चोरी भएका घटनाहरू बढेसंगै उजुरीको चाङ लाग्न थालेपछि इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल बैशाख ६ गते देखि ऋम्च् शाखाको स्थापना गरी कार्यानवयनमा ल्याएको थीयो ।

उक्त शाखा गठन गरेको पहिलो महिनामै प्ररीले ५६ वटा बिभिन्न ब्राण्डका मोबाइल सेट फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाउन सफल पनि भएको थीयो । प्रहरीले हाल सम्म ३६४ थान मोबाइल सेटहरू फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाइसकेको जनाएको छ तर केहि मोबाइल धनिहरू भने सम्पर्क बाहिर रहेका कारण उनिहरूले भने नलगेको र प्रहरी कार्यालयमा सुरक्षित रहेको जनाइएको छ ।

प्रहरीले ऋम्च् शाखा स्थापना पछि हाल सम्म आइपुग्दा करी ९६ लाख २८ हजार २० रूपैयाको मोबाइलहरू फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाइ सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस