कलेजको गेटैमा चुरोटको होलसेल पसल : अस्पताल आसपस मदिराको ब्यापार

  • प्रकाशित मितिः फाल्गुन 8, 2077
  • 230 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । इटहरीको बिपि चौक स्थित कस्तुरी कलेजको गेटैमा चुरोटको होलसेल पसल छ ।उक्त पसलमा चुरोट मात्र हइन गुटका , रज्निगन्धा लगायत सबै प्रकारका किराना सामग्रीहरू होलसेल मुल्यमा बिक्री हुने गरेको छ । इटहरीको कस्तुरी कलेज मात्र हइन जनता कलेज , बिश्व आदर्श कलेज , नमुना कलेज , सिबि सगरमाथा लगायतको शैक्षिक क्षेत्र आसपास नै चुरोट तथा मदिराको पसलहरू छयापछयाप्ति पाइन थालेका छन ।

अझ इटहरीको कविर माविको गेटैमा हेर्ने हो भने मदिरा र चुरोट , गुटखा पसलहरूको लर्काे नै लागेको पाइएको छ । यसरी शैक्षिक क्षेत्रकै आसपास चुरोट र मदिराको पसलहरू एक पछि अर्काे खुल्न थालेपछि अध्यन्नरत बिद्यार्थिहरू नसालु पदार्थको सेवन संगै खराब कुलतमा प्रवेश गर्न थालिसकेका छन । केहि दिन यता इलाका प्रहरी कार्यालय इटहरीले समेत नसालु पदार्थ खाएर कुटाकुट गरेको अभियोगमा ५ जना बिद्यार्थिहरूलाइ नियन्त्रणमा लिएको थीयो । कलेजको ड्रेसमै पक्राउ परेका उनिहरूलाइ अभिभावक बोलाएर जिम्मा लगाएपनि यस्तो घटना इटहरीको लागि नौलो भने होइन ।

नेपाल सरकारले बिद्यालय र अस्पताल क्षेत्रको करीब ५०० मिटर आसपास कुनै पनि नसालु पदार्थ बिक्री बितरण गर्न बन्देज लगाएको छ । तर बनाएको कानुनलाइ सम्बन्धित सरोकारवाला तथा राज्यको कुनै निकायले प्रभावकारी ढंगबाट कार्यानवयन गर्न नसक्दा सुनसरीको इटहरीमा यस्ता बेथिति मौलाउदो छ । शैक्षिक क्षेत्रको आसपास खराब सामग्री बिक्री गर्न नदिने हो भने यस्ता घटना आफै साम्य हुने इटरी प्रहरीको भनाइ छ । सम्बन्धित निकायले यस बारेमा चासो राखिदिए यसता प्रकारका कुनै घटनाहरू नदोहोरिने इटहरी प्रहरीको भनाइ छ । यस बिषयमा सम्बन्धित कलेज तथा बिद्यालयका प्रधानाध्यापकहरूलाइ कुनै जानकार नभएको भने हइन तर उनिहरू पनि खुलेर बिरोध गर्न नसकिरहेको बताउछन ।

जनता कलेजकि क्याम्पस प्रमुख प्राध्यापक डा गिता अधिकारी आफ्नो कलेज आसपास त्यस्तो गतिविधि नहुने दावि गर्नुहुन्छ । बिगतको वर्षमा यस्ता गतिविधि भएपनि आफ्नो कार्यकालमा सब प्रतिबन्ध लगाइएको कलेज प्रमुख डा अधिकारीले बताउनुभयो । उहाले पनि सम्बन्धित निकाय एवम सरोकारवालाहरूले बजार अनुगमन गर्दा अस्पताल र शैक्षिक क्षेत्रको आसपास पनि नजर पुर्याउन अनुरोध गर्नुभयो ।शैक्षिक हबको रूपमा चिनिएको इटहरी क्षेत्रमा ३६ वटा सामुदायिक बिद्यालय रहेका छन भने निजि तर्फ १६५ भन्दा बढि रहेका छन ।

२ वर्ष अघि इटहरी उपमहानगर र जिल्ला प्रसाशनको कार्यालय सुनसरीले बजार अनुगमन संगै शैक्षिक क्षेत्र र अस्पताल आसपास यस्ता कुराहरू बिक्री गर्ने दर्जन बढी पलहरूबाट मदिरा तथा चुरोट र गुटकाहरू बरामद गरी नस्ट गरेको थीयो भने बिक्री बितरण गर्ने व्यवसायीहरूलाइ एक पटक चेतावनि दिएर छोडिएको थीयो ।

अहिले स्थानीय स्तरमा रहेका बजार एवम शैक्षिक क्षेत्रलाइ ब्यवस्थित गर्ने देखि त्यस्को नियमित रेखदेख र अनुगमन गर्ने जिम्मा स्थानीय सरकारले नै पाएपछि बजार अनुमगन हुन्छ तर बिद्यालय आसपास र अस्पतालको वरिपरी भने कसैको ध्यान जान सकेको छैन ।

इटहरीको मुख्य चौकमा मात्रै दर्जन बढी साना एवम ठुला मेडिकल र अस्पताल सञ्चालन हुदै आएका छन । ति मेडिकलहरूकै अघाडी सुर्ति जन्य र मदिराजन्य पदार्थहरू खुलेआम बिक्री बितरण भइरहदा पनि स्थानीय सरकार मौन देखिएको छ ।यता यस बिषयमा स्थानीय सरकार अन्तरगत इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतम संग सम्पर्क गर्दा उहाले बजार अनुगमन गरेको बेला यस्ता कुराहरूमा पनि ध्यान दिने गरेको तर प्रभावकारी नभएको बताउनुभयो । उहाले शिक्षा र स्वास्थ्य शाखालाइ मापदण्ड बनाएर प्रभावकारी ढंगले अनुगमन गर्ने तयारी भइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस