इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यानवयनमा जटिल्ता उत्पन्न भएको कारण देखाउदै असफल देखिएको योजना पुनःसोमबारबाट लागु गरिएको छ ।
प्रदेश एकको १४ वटै जिल्लामा साना एवम ठुला सवारी साधनहरूले तोकिएको स्थानमा हर्न बजाउन नपाउने र बजाइ हाले दण्ड जरिवाना सहित सो अभियानलाइ पुनःसञ्चालनमा ल्याइएको हो । यो संगै प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले हर्न निषेध अभियानलाइ थप सफलता दिलाउन सवारीचालकहरूलाइ शिस्ट्रचार ब्यवहार र नमस्कार शैलि पनि अघि बढाएको छ ।
अभियानलाइ सार्थकता दिलाउन बाधक बनिएका चुनौतिहरूको सामना गर्दै प्रदेश एकमा कडाइका साथ योजना कार्यानवयनमा ल्याउने एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुमन तिम्सिनाले बताए ।
प्रहरीले पुन सुचारू गरेको अभियानलाइ नटेर्ने सवारी चालकहरूलाइ भने सवारीभित्रै नमस्कार गरेर सम्झाउने र फेरी पनि अटेर गरे उचित जरिवाना तिराउने उनले बताए । अभियान कार्यानवयनको दोश्रो दिन एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सुनसरीको बिभिन्न स्थानमा अनुगमन र चेकिङ गरेको थीयो । सोहि क्रममा इटहरीको खनारस्थित निषेधित क्षेत्रमा हर्न बजाउदै सवारी गुडाउने चालकहरलाइ सवारी रोक्न लगाइ नमस्कार गरेर सम्झाएको र एक पटक चेतावनि दिदै छाडिएको थीयो ।
करीब एक घण्टा गरिएको सवारी चेकिङमा अधिकांस मोटरसाइकल चालकहरूले हर्न बजाएको भेटिएको थीयो भने सार्वजनिक यातायातका सवारीहरूले पनि हर्न बजाएरै राजमार्गमा गुडाएका थीए ।
निषेधित क्षेत्रमा हर्न बजाउने चालकहरूलाइ सवारी रोक्दै नमस्कार गरेर अभियानबारे प्रहरीले सचेतना जगाएको थीयो भने अभियानलाइ समर्थन जनाउदै सवारी गुडाउने चालकहरूलाइ स धन्यवाद ज्ञापन गरिएको थीयो ।
यता हर्न निषेधित अभीयानलाइ टुंगोमा पुर्याउन एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रदेश एकको १४ वटै जिल्लामा नियमित चेकिङ र कडाइका साथ कार्यानवयनमा ल्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थ... ... ...
इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरका... ... ...
इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण स... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved