इटहरीका भिम पौडेललाइ केराबारीमा मुर्दावादको नारा : गाउपालिका कार्यालयमा ताेडफाेड , अध्यक्षकाे पुत्ला दहन

  • प्रकाशित मितिः फाल्गुन 16, 2077
  • 2364 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

इटहरी । तोकिएको स्थान भन्दा बाहिरबाट अवैध उत्खनन गर्दा सिंगो गाउ जोखिममा परेको भन्दै   केराबारी९८ आँमजुगीबासीहरू आन्दोलित बनेका छन । आइतबार बिहानै देखि सो क्षेत्रको खदम खोलामा भेला भएका स्थानीयहरूले इटहरीका क्रसर ब्यवसायी भिम पौडेललाइ मुर्दावाद , गरिब मार्न पाइदैन जस्ता नारा लगाउदै केरावारी गाउपालिकाका अध्यक्ष रोहित कार्किको पुत्ला जलाएका छन ।

क्रशर उद्योग बिरूद्ध रूस्ट देखिएका स्थानीयहरूले आइतबार बिहानै देखि गाउपालिका घेराउ र सडक जाम गर्दै आएका हुन ।
 स्थानीयहरूले अवैध चुरे उत्खनन गर्ने काम तत्काल रोकिनु पर्ने र खदम खोलामा सञ्चालित क्रशर उद्योग पनि बन्द गर्नुपर्ने माग गर्दै  गाउपालिका घेराउ गरेका हुन । 

  3 1 मोरङको केराबारी ८ आँमजुंगी स्थित माहादेव मिनिरल कम्पनी र शिवम क्रसर उद्योगविरुद्ध स्थानीयहरू आन्दोलित बनेका हुन । उनिहरूले प्रहरीकै संरक्षणमा इटहरीका भिम पौडेलले क्रशर उद्योग सञ्चालन भइरहेको समेत आरोप लगाएका छन ।   

अवैध क्रशर उद्योगका कारण केराबारीको आँमजुगीस्थित ५०० घर परिवार बिस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरूले तत्काल उक्त उद्योग बन्द गरिनुपर्ने माग राखेका हुन । 

उनिहरूले खोला भन्दा बाहिर गएर निजि जग्गामा समेत उत्खनन गरिदिदा बर्खाको बेला  आएको बाढी सोझै बस्ति प्रवेश गर्ने र ५०० घरमा पुर्ण क्षति पुग्ने बताएका छन । क्रशर उद्योगले गरेको ज्यादतिबारे पटक पटक जानकारी गराउदै ६ वटा लिखित निवेदन दिदा पनि गाउपालिकाले कुनै चासो नराखेपछि बाध्य भएर कार्यालय घेराउ गरिएको स्थानीय भुवन थापाले बताए । 


2 1बाक्लो सख्यामा देखिएका स्थानीयहरूले गाउपालिका अघाडी नारावाजी गर्दै दिउसो गाउपालिकाका अध्यक्ष कार्किको पुत्ला जलाउनुका साथे राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन । 

गाउपालिका घेराउ गर्न पुगेका स्थानीयहरूलाइ प्रहरीले बल प्रयोग गर्दा केहि समय प्रहरीसंग झडप भएको थीयो । आक्रोशित स्थानीयहरूले गाउपालिकामा तोडफोड समेत गरेका छन । उनिहरूले कार्यालयको झ्यालको शिशा फुटाइदिएका छन भने ढोका र केहि फर्निचहरूमा पनि सामान्य क्षति पुर्याएका छन । 

23 2आन्दोलनका कारण   केहि समय केराबारी तनावग्रस्त बनेको थीयो भने गाउपालिकाको सबै कामहरू प्रभावित बनेका थीए । 
सम्भावित संकटलाइ मध्यनजर गर्दै गाउपालिका परिषरमा बाक्लो संख्यासहित प्रहरी परिचालन गरिएको थीयो । प्रहरी परिचालन गरेपनि स्थानियहरूले गाउपालिका अध्यक्ष रोहित कार्किलाइ कार्यालय परिषदमै घेराबन्दि गरेका थीए ।

अध्यक्ष कार्किकै संलग्नतामा खदम खोला उत्खनन हुने गरेको यस अघि पनि समाचारहरू बाहिरिदै आएका थीए ।  गाउलेहरूको भिड अनिन्त्रित बनेपछि गाउपालिका अध्यक्ष कार्कि आफैले बार्तामा आउन आवहान गरेका छन । उनले समस्याको सामधान बार्तामा बसेर हल गर्न सकिने भएको कारण सबैलाइ तत्काल बैठक बोलाइ छलफल गरिने आस्वासन दिएका छन । यता स्थानीयहरूले चने जब सम्म क्रशर उद्योगहरू बन्द हुदैनन तब सम्म आन्दोलन नरोकिने बताउदै आएका छन । 

T 1 T2

 

 

प्रतिक्रिया दिनुहोस