इटहरी । नेपाल सरकारका पर्यटन तथा नागरिक उडयन मन्त्री भानुभक्त ढकालले प्रदेश एक पर्यटनहरूको क्षेत्रमा अब्बल र अघाडी रहेको बताउनुभएको छ । सुनसरिको इटहरीस्थित ३० करोडको लागतमा निर्माण सम्पन्न भएको अत्याधुनिक इपिल्याण्ड एण्ड वाट÷ पार्कको समुदघाटन समारोहलाइ सम्बोधन गर्नु हुदै मन्त्री ढकालले यस्तो बताउनुभएको हो ।
सरकारले वर्ष २०२० पर्यटन वर्षको रूपमा मनाउने र २० लाख पर्यटकहरू भित्र्याउने भनिएपनि कोरोनाको कारण सफल हुन नसकेको बताउदै पर्यटन क्षेत्रमा त्यति फडको मार्न नसकेको मन्त्री ढकालले बताउनुभयो । उहाले प्रदेश एकमा पनि पर्यटनको सम्भावना अनेकौ रहेपनि निजि क्षेत्रले लगानी गर्न डराएको अवस्था देखिएको टिप्पणी गर्दै ब्यवसायिहरूलाइ लगानीको बातावरण मिलाउन सरकारसंग आवस्यकिय पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अर्का बक्ता बिशिस्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजि क्षेत्रका ब्यवसायिहरूलाइ सरकारले प्रथमिकतामा नराख्दा उनिहरूको अरबौ लगानी जोखिममा परेको बताउनुभयो ।
उहाले पर्यटन क्षेत्रमा लगानि गर्न एक सय एक ब्यवसायी तयार रहेका छन तर डुब्ने खतरा बढेको कारण अघि सर्न नसकेको धाराणा राख्नुभयो । त्यस्तै इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले निजि क्षेत्रको करोडौ लगानीबाट सञ्चालनमा आएको अत्याधुनिक पार्कले इटहरीको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भोलिका दिनमा यस क्षेत्रलाइ नेपालकै पर्यटकिय क्षेत्रको गन्तब्य मानिनेमा कुनै आशंका नरहेको प्रस्ट बनाए ।
यसैबिच नेपालमै पहिलो पटक सुनसरीको इटहरीमा बिभिन्न प्रविधि जडानयुक्त सुविधा सम्पन्न वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोडको लागमा निर्माण सम्पन्न भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्कर्’ भित्र बच्चा देखि तन्नेरी हुदै बृद्ध बृद्धा सम्मले मनोरञ्जन लिन सक्ने बताइएको छ ।
गत वर्षको चैत्रमै उदघाटन गर्ने भनिएपनि कोरोना कहरका कारण निर्माण कार्य रोकिएको उक्त पार्कलाइ नयाँ ब्यवस्थापन र फरक ढंगले सञ्चालन गर्न लागिएको र यो नेपालकै पहिलो पार्क रहेको पनि इपिल्याण्ड एण्ड वाटर पार्कका अध्यक्ष भीमबहादुर पौडेलले बताउनुभयो । ६ बिगा क्षेत्रफल ओगटेको यस पार्कभित्र गर्मिमा स्विमिङको मज्जा लिदै पारिवारिक वातावरणमा वरिपरिका दृस्यहरू संगालेर बिभिन्न परिकारहरूका स्वाद लिन सकिने र करीब ५०० मिटर सम्म्को जिप लाइन समेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ । े नजिकै रहेको तालतलैया जाने बाटैमा पार्क रहेको कारण पछिल्लो समय पर्यटकहरूको गन्तब्य र प्रदेश एकमा सबैभन्दा लोकप्रीय गन्तब्य यहि पार्क बनिनेमा बिश्वस्त रहेको पार्कका अध्यक्ष भिम पौडेलले बताए ।
त्यस्तै पार्कका सञ्चालक जगत बस्नेतले पार्कको बिशेषता संगै पानिहरूलाइ स्वच्छता राख्ने बारेमा प्रस्ट बनाएका थीए । उनले पार्क भित्र प्रवेश गर्न तिनवटा दरका टिकट राखिएको बताए । जसमा साना बालबालिकाहरूलाइ रू ४०० , बिद्यार्थीहरूलाइ रू ६५० र अन्यलाइ रू ७५० कायम गरिएको बताए । सोहि शुल्कमा पार्क भित्र सम्पुर्ण दृष्यहरू अवलोकनका साथै मनोरञ्जन लिन सकिने बताइएको छ । गर्मि मौसम सुरू भएको कारण चिसो पानीमा रमाउने आनतरिक पर्यटकहरूको घुइचो लाग्ने अवस्थालाइ मध्यनजर गर्दै पार्क भित्र रहेका पानीलाइ स्वच्छता साथै बिभिन्न आकारका स्विमिङ पुलको निर्माण गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थ... ... ...
इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरका... ... ...
इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण स... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved