इटहरीमा ५ दिने प्रदेश स्तरीय शान्ती , शिक्षा र मानवअधिकार बिषयक कार्याशाला हुदै

  • प्रकाशित मितिः फाल्गुन 19, 2077
  • 124 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ नं प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकारको विषयमा कार्याशाला गोस्ठि सुरू भएको छ ।सिमान्तकृत समुदाय तथा हिंसामा परेका ब्याक्तिहरूको हक अधिकार एवम बिपन्न पिछडिएका समुदायहरूको उत्थान गर्दै आएको नेपाल युनाइट्सको आयोजनामा ५ दिने कार्याशाला सुरू भएकाे हाे । 

कार्यक्रममा अन्तरधार्मिक सम्वाद अन्तरगत बिभिन्न धर्मावलम्बिहरूको गुरूहरू र सहभागिताबिच भलाकुसारी हुने र धर्मबिच हुने आपसि टकरावलाइ न्युनिकरण गर्न मदत पुग्ने युनाइटसका अध्यक्ष तथा संस्थापक मोहम्मद आयतुल्ला रहमानले बताए ।

त्यस्तै कार्यशालाकै दौरान स्थानिय जनप्रतिनिधिहरू संग मानवअधिकारको सवाल र स्थानीयस्तरमा भएका बिकाश निर्माणको विषयमा सम्वाद रहने पनि जनाइएको छ ।

त्यस्तै कार्यक्रमको अन्तिम दिन सुनसरीको ग्रामिण क्षेत्र भोक्राहामा स्थानिय जनप्रतिनिधिहरूको उपस्थितिमा गाउहरूको अवलोकन र त्यस क्षेत्रमा स्थानीय सरकारले गरेको कामहरूको विषयमा अन्तर सम्वाद गरिने जनाइएको छ । कार्यक्रममा प्रदेश एकका १४ वटा जिल्लाबाट २५ जना किशोर किशोरीहरूको सहभागिता रहने जनाइएको छ ।कार्यक्रम इटहरीस्थित इन्टुरिस्ट हाेटलकाे सभाहलमा जारी छ । 

प्रतिक्रिया दिनुहोस