राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती : अध्यक्ष कट्टेल

  • प्रकाशित मितिः फाल्गुन 19, 2077
  • 78 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषिराम कट्टेलले मुलुकका अधिकांस शिर्षदलका नेताहरू राष्ट्रघाति रहेको प्रमाणित भइसकेको बताएका छन । सुनसरीको इटहरीमा आयोजित आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कट्टेलले यस्तो बताएका हुन ।

चुनावको बेला आफुलाइ राष्ट्रवादको नारा लगाउने सबै नेता मन्त्री चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको प्रलोभनले देशको उत्तरदायि प्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको भनाइ थीयो ।

रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष कट्टेलले अहिले मुलुकमा बिद्यमान राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यस्को जिम्मा सरकार आफैले लिनुपर्नेमा जोड दिए । उनले नेकपा भित्र देखिएको गुटवन्दि र फुटको संघारका कारण देशवासी चेपुवामा परेको र पार्टिगत बिवाद सडकमा भन्दा बार्तामा बसेर टुंग्याउनुपर्ने उनको तर्क थीयो ।

त्यस्तै कार्यक्रमका अर्का बक्ता नेकपा क्रान्तिकारी माओवादिका प्रवक्ता हरिभक्त कडेँलले नेताहरूको टकरावका कारण देश बाहिय शक्तिको शरणमा पुग्न सक्ने आशंका बढेको बताए । मुलुकमा स्थापित गणतन्त्र धरापमा पार्ने काम देशकै शिर्ष दल र तिनका नेताहरूले गरेको आरोप लगाउदै प्रवक्ता कडेँलले समय आएपछि यसको हिशाब किताब जनता आफैले खोज्ने बताए ।

त्यस्तै कार्यक्रमकि अर्कि बक्ता धिरेन्द्र कुमारी उपाध्याय ( भृकुटी )ले राजनीतिक अस्थिरताका कारण मुलुकमा भारतीय हस्तक्षेप बढेको र यो नेपाली जनताकालागि अअसहनीय बनेको आरोप लगाइन । उनले चुनाव जितेर गएका नेताहरूले देश बर्वादिको खाडलमा पुर्याउन लागेको भन्दै अब तेश्रो जनआन्दोलनको सुरूवात हुन सक्ने बताइन ।

कार्यक्रममा देश भक्त जनमञ्चका अध्यक्ष सुरेन्द्र कार्कि , स्वतन्त्र वाम बुद्धिजिवि नरेन्द्र बस्नेत , मधेशि मुक्ति आन्दोलनका अगुवा महेश यादव लगायत अन्यले मन्तब्य राखेका थीए । कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादिका ) प्रदेश एक इञ्चार्ज मिन कुमार राउतको अध्यक्षतामा सम्पन्न भएको थीयो ।

प्रतिक्रिया दिनुहोस