इटहरी/सुनसरीकाे दुहबीमा ४ दिन अघि १३ बर्षीया बालिका माथी भएकाे बलात्कार घटना बिहीबार सार्वजनिक भएकाे छ । चार दिनअघि स्थानीय १३ वर्षीया दलित बालिकामाथि जबर्जस्ती करणीकाे प्रयास भएकाे बिहीबार इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी परेपछि याे घटना बाहिरीएकाे हाे ।
घटनालार्इ गुपचुपमै राख्न स्थानीय वडाध्यक्ष सहितकाे राजनीतिक टाेली नै सकिृय रहेकाे पिडित पक्षले बताएका छन । गत सोमबार राती ती बालिकामाथि स्थानीय ३० वर्षीय सुभान मियाले जबर्जस्ती करणी प्रयास गरेकाे पिडितले दिएकाे उजुरीमा उल्लेख गरिएकाे छ ।
घटनालार्इ गाउमै मिलाउन स्थानीय दुहबी नगरपालीका १ का वडाध्यक्ष अजुल हुसेन सहितकाे टाेली लागि परेकाे पिडितले बताएका छन । गाउकै ठुला बडाले घटना लुकाउन र प्रहरीमा नजान दबाब दिएपछि उजुरी दिन ढिलाइ भएकाे पिडित पक्षले बताएका छन ।
यता घटनाबारे वडाध्यक्ष हुसेन संग सम्पर्क गर्दा उनकाे माेबाइल स्विच अफ रहेकाे थियाे भने दुहबी नगरपालीकाका मेयर वेद गच्छदारले जबरजस्ति करणी जस्ताे जघन्य अपराधकाे घटना वडाध्यक्षकै संलग्नतामा मिलाउन खाेजिएकाे बारे केही जानकारी नभएकाे र सत्य सावित भए वडाध्यक्ष कार्वाहीकाे भागिदार बन्ने प्रस्ट पारे । यता घटनामा संलग्न मिया फरार रहेकाेले उनकाे खाेजि कार्य भइरहेकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
करिब १ महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन ति... ... ...
सुत्केरीबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्... ... ...
दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ शृंखलाको पौडी... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
बलिउडमा महानायक भनेर चर्चा पाएर अमिताभ बच्चन गएक... ... ...
इटहरी/सुनसरीकाे दुहबीमा ४ दिन अघि १३ बर्षीया बालि... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved