इटहरीमा १२ वटा केन्द्र मार्फत कोरोना खोप लगाइदै

  • प्रकाशित मितिः फाल्गुन 21, 2077
  • 202 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी / इटहरीउपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ ।वडा नम्वर ६,७,८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ ।

फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा,वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा,वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।

यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १०को मनमोहन प्राविमा फागुन २५ गते,१७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ ।

वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म,वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते,वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक,विद्यालयका शिक्षक कर्मचारी,नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी,सार्वजनिक स्वास्थ्य सस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ । खोप अभियान सफल वनाउन जनप्रतिनिधि,स्वास्थ्यकर्मी,खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस