इटहरी । कृषि क्षेत्रमा क्रान्ति ल्याउन र बाहिय बजारलाइ नियन्त्रण गरी कृषकहरूलाइ स्वदेशमै धनि बनाउने योजना सहित राष्ट्रिय खाद्य बैंक लिमिटेड केन्द्रिय कार्यालय काठमाण्डौको टोलीले प्रदेश एकको इटहरीमा सञ्चारकर्मिहरूसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कृषि क्षेत्रमा देखिएका बिद्यमान समस्याहरूलाइ हल गर्दै कृषकहरूको पिडा र दुखलाइ मलम लगगाउन खाद्य बैंक स्थापना भएको र आवस्यक्ता अनुसार देश भर ७७ वटै जिल्लामा शाखा कार्यालयहरू स्थापना गर्ने छलफलमा बताइएको छ ।
खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतिले अहिलेका युवा पुस्ताहरू कृषिमा लगानी गर्न डराइरहेको अवस्थालाइ मध्यनजर गर्दै उनिहरूलाइ पनि समेटने गरी लोभलाग्दो योजनाहरू अघि बढाएको बताए । उनले कृषकहरूलाइ बिनो धितो रिण लगानी गरिदिने र उत्पादनलाइ जोड दिनुका साथै उत्पादन भएका कृषि जन्य सामग्रीहरू खानकालागि उपयुक्त छ या छैन प्रविधिमा जाच गरेपछि मात्रै बजार सम्म पुर्याउने बताए ।
उत्पादन देखि बजार सम्मको ब्यवस्थापन समेत बैंक आफैले गर्ने हुदा यसमा बिचौलियाको उपस्थिति नै नरहने कार्यकारी अध्यक्ष उप्रेतिको भनाइ छ । उनले बैंक भन्ने बित्तीकै आर्थिक र चेकको कारोबार गर्ने माध्यम भन्ने परिभाषालाइ परिवर्तन गर्न यो संस्थालाइ अघि बढाएको र यसमा कुनै प्रकारको आर्थिक कारोबार नहुने र चेक साटिने माध्यम पनि नबनिने प्रस्ट पारे ।
चालु पुजी २ अर्वबाट सुरू गरएको खाद्य बैंकले केवल कृषकहरूको मात्र पिडा सुन्ने र उनिहरूको उत्पादनलाइ बढाउने तर्फ ध्यान दिने र बैंक संग जोडदै आत्मिय सम्बन्ध बनाउने काममा लागि परिरहेको पनि प्रस्ट बनाए । स्थानीय सरकारहरू संग सहकार्य गरी स्थानीय स्तरमा सञ्चालन भइरहेका कृषि संग आधरित रहेका सामाजिक संघ संस्थाहरू र बैंक तथा सहकारीहरूसंग पनि सहकार्य गर्दै योजनाहरू अघि बढाइने उनले जानकारी गराए ।
पछिल्लो समय नेपाली बजार पुरै भारतमय बनिसकेकोले अब त्यस्लाइ नियन्त्रणा गर्ने तर्फ हामि तातिएका छौ त्यसकालागि स्वोदेशमै रहेका कृषकहरूलाइ उनिहरूको उत्पादनलाइ बढावा दिने काम गर्छाै बैंकका अध्यक्ष उप्रेतिले थपे ।बैंक संग एक शय एक दक्ष प्राविधिक , चिकित्सक , बैज्ञानिकहरू रहेको जनाउदै उहाहरूले कृषकहरूलाइ उचित परामर्श दिलाउने र भविस्षमा सिंगो मुलुकलाइ कृषिमा आत्मनिर्भर बनाइ सक्ने बैंकको दाबि छ । बैंकको योजना अनुसार कार्यानवयलाइ पनि तिब्र गतिले अघि बढाइएको हुदा अब टाइ सुट लगाउनेहरू पनि केहि वर्ष पछि हलो जोत्न आफै तम्सिने बैकका कार्यकारी अध्यक्ष उप्रेतिको दाबि छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थ... ... ...
इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरका... ... ...
इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण स... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved