सुन्दरहरैंचामा प्रदेशस्तरीय पुरूष भलिवल प्रतियाेगिता शुरू : पहिलो खेलमा आयोजक टिम र रामधुनि बिजयी 

  • प्रकाशित मितिः फाल्गुन 26, 2077
  • 126 पटक पढिएको
  • प्रदेश दर्पण

 
इटहरी । माेरङकाे सुन्दरहरैंचा स्थित बुधबारदेखि एक नं प्रदेश स्तरीय पुरूष भलिवल प्रतियाेगिता सुरू भएकाे छ । बुधबार नगरपालिकाकि उपमेयर धनमाया तामाङले समुदघाट गरेसंगै भलिवल सुरू भएकाे हाे ।  
 
सुन्दरहरैँचा वार्ड नं ७ अन्तरगत गछिया खेल मैदानमा सुरू भएकाे खेलमा बुधबार अायाेजक जनसहयाेग युवा क्लब्  र रामधुनि नगरपालिकाले  बिजयी सुरूवात गरेकाे छ । पहिलाे खेलमा प्रतिस्पर्धी शान्तिदिप नेपाललाइ हराउदै अायाेजक जनसहयाेग युवा क्लबले बिजयी सुरूवात गरेकाे हाे भने दाेश्राे खेलमा केराबारी माेरङलाइ हराउदै रामधुनी नगरपालीकाले जितकाे सुरूवात गरेकाे हाे । 
 
५ दिन सम्म चल्ने खेलमा एक दर्जन भन्दा बढी समुहले भाग लिएका छन । खेलमा बिजेता हुने टिमलाइ  नगद   १लाख १ हजार १सय ११ रूपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपबिजेता टिमलाइ नगद   ५१ हजार १ सय ११ रूपैया  ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरी तृृत्य हुने टिमलाइ नगद  २५ हजार १ सय ११ रूपैया  ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ । 
 
खेलकाे समुदघाटन समाराेहलाइ सम्बाेधन गर्दै कार्यक्रमकि प्रमुख अतिथी नगरपालिकाकि उपप्रमुख तामाङले काेराेना पश्चात राेकिएका खेलकुदका गतिविधिहरूलाइ नगरपालिकाले अब प्राथमिकतामा राखेकाे बताइन । उनले स्वास्थ्यकाेलागि खेलकुद महत्वपुर्ण रहेकाे जनाउदै नगरपपालिकाले खेल क्षेत्रमा बिशेष लगानी गर्दै अाएकाे र यसलाइ निरन्तरता दिने पनि बताइन । 
 
कार्यक्रममा सुन्दरहरैचा नगरपालीका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ , ९ का वडा सदस्य डम्बर थापा मगर , कार्यपाललिका सदस्य तारा घिमिरे , राष्ट्रिय युवा संघ सुन्दरहरैँचाका संयाेजक जयप्रकाश रायमाझि , गछिया पप्रहरी चाैकिका प्रहरी नायव निरिक्षक दिपिन जंग थापा लगायतले सुभकामना मन्तब्य राखेेका थिए । कार्यक्रम खेलकुद अायाेजक समिति तथा जनसहयाेग युवा क्लबका अध्यक्ष सुमन शुब्बाकाे सभाध्यक्षमा सुरू भएकाे थीयाे । 

प्रतिक्रिया दिनुहोस