इटहरीमा शनिबार फुड एण्ड बेभरेज मेला : सरकारले घोषणा गरेको रकम नपाएको ब्यवसायीको गुनासो

  • प्रकाशित मितिः फाल्गुन 27, 2077
  • 164 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । कोरोना संक्रमणका कारण सुस्ताएको पर्यटन ब्यवसायलाइ माथी ल्याउन र पर्यटकीय क्षेत्रको प्रवर्दन गर्ने उद्येश्यका साथ इटहरीमा आगामि फागुन २९ गते एक दिने फुड एण्ड बेभरेज मेला लगाइने भएको छ ।

होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरीको आयोजनामा आगामि फागुन २९ गते शनिबार आधा दर्जन बढी राष्ट्रिय कलाकारहरूको दमदार प्रस्तुति संगै एक दिने मेला हुने भएको हो । आयोजकले बुधबार इटहरीस्थित बेन्क्विटको सभाहलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको थीयो ।

उक्त मेलामा कान्तिपुरबाट प्रसारण हुने चर्चित रियालिटि सो कमेडि च्याम्पियन अन्तररगत उपबिजेता बनेका दलेदाइले प्रख्यात सुमन कोइरालाको कमेडि संगै , चर्चित गायक सुगम पोख्रेल , अहिलेको युवाहरूको ढुकढुकिमा बस्न सफल गायिका एलिना चौहान , समिक्षा अधिकारी , प्रकाश अाेझा , ममता गुरूङ , किरण भुजेल ,निसा पाठक इटहरीकि गंगा गौतम लगायतको प्रस्तुति रहने जनाइएको छ ।

साथै मेलामा बिभिन्न परिकारका खानाहरूको स्वाद लिन सकिने आयोजकले जनाएको छ । उक्त मेलामा प्रदेश एकको बिभिन्न जिल्लाहरूबाट करीब ५ हजार आन्तरिक पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलालाइ भब्य र शान्तको बातावरणमा सम्पन्न गराउन सुरक्षा स्थिति कडा पारीने जनाइएको छ । राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थिति रहने हुदा उनिहरूको सुरक्षामा बिशेष ध्यान दिदै आवस्यकिय सुरक्षाकर्मिहरू परिचालन गरिने पनि जनाइएको छ । मेला इटहरीस्थित रंगशालामा हुने जनाइएको छ ।

मेलालाइ इटहरीस्थित होटल प्रिमियरले सहकार्य गर्ने जनाइएको छ । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुुर पुरीले कोरोनाका कारण देश भर सहित प्रदेश एकमा पर्यटन क्षेत्र अस्त ब्यस्त बनेको र कतिपय व्यवसायिहरू पेशाबाटै पलायन भइसकेको बताए ।उनले पर्यटन प्रवर्दनको निमित्त सरकारले उद्यमी कर्जा भनेर १५लाख सम्म दिने घोषणा गरेपनि सो रकम व्यवसायीहरुले सहजै रुपमा पाउन नसकेको समेत गुनासो पोखे । उनले घोषणा गरेको रकम पाउन पनि धेरै सकर बेहोर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस