सुरक्षामा बाधक बन्दै भारतीय नाका : जति कडाइ त्यति तस्करी

  • प्रकाशित मितिः चैत्र 6, 2077
  • 106 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । एक साता अघि सुनसरीको भण्टावारीनाकाबाट भारिमात्रामा दुइ भारतीय नागरिक सहित अवैध लागुसहित बरामद गरेको प्रहरीले त्यस्कै भोलि पल्ट अर्काे सिमा क्षेत्रबाट हतियार सहित एक पुरष समातिन पुगे । पुन सुनसरी संग सिमा जोडिएको हरिनगरा र भण्टावारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा , अण्डा तथा लता कपडाहरू पनि बरामद गरिसकेको छ । प्रहरी चेकजाचकै क्रममा आइतबार भण्टावारी नाकाबाटै अवैध रूपमा सुनसरीको बजार भित्र्याइदै गरेको अवस्थामा १०० किलोको बिभिन्न प्रकारका माछा बरामद गरि नस्ट गरेको छ ।

यसरी दैनिक जसो भारतीय नाकाहरूबाट अवैध रूपमा उपभोग्य सामग्रीहरूको तस्करी बढन थालेपछि पछिल्लो समय  थप चुनौतिको सामना गर्न प्रहरीलाइ हम्मे हम्मे बनेकाे छ । नेपाल सरकारले प्रत्येक सिमा क्षेत्रहरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाइ खटाउने गरेको छ । प्रहरी युनिटले जति कडाइ र सावधानी अपनाएपनि तस्करी नरोकिएपछि पछिल्लो समय त्यस्ता नाकाहरू सुरक्षाकालागि बाधक बन्दै आएका छन ।

प्रहरीको आधा भन्दा बढी जनशक्ति नेपाल संग सिमा जोडिएका भारतीय नाकाहरूमा परिचालन गरिएपनि अवैध रूपमा तस्करी र हतियार संगसंगै प्रतिवन्धित लागु औषध बरामद हुने क्रम अझै रोकिएको छैन । सुनसरीमा भण्टावारी , हरिनगरा , देवानगञ्ज हुदै करीब ७ वटा भन्दा बढी नाकाहरू रहेका छन ।सबै नाकाहरूमा सशस्त्र प्रहरीको बिओपि स्थापना भइसकेका छन संगै नेपाल प्रहरीले पनि नियमित चेकजाचलाइ तिब्रता दिइरहेको पाइएको छ ।

कोरोना संक्रमणको बेला पनि चुनौति बनेको सिमा क्षेत्रहरू अहिले दैनिक जसो हुने तस्करीका कारण  सिमा क्षेत्र अन्तरगत शान्ति सुरक्षालाइ सन्तुलनमा राख्न हम्मे हम्मे बनेको छ । गएको चैत्र ११ गते मुलकमा लकडाउन भए यता फागुन सम्मको बिवरण हेर्ने हो भने अवैध रूपमा नेपाल प्रवेश गरेको ६ शय बढी भारतीय नागरिकहरूलाइ नियन्त्रणमा लिएर भारत प्रसाशनलाइ बुझाएको देखिन्छ । आफु भर्खर मात्र सुनसरी आइ कार्यभार सम्हालेको तर सिमा क्षेत्रहरूको बिषयमा निकै चर्चा हुनेगरेको सुनसरीका नया प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

उनले जिल्लामा प्रवेश गरे लगत्तै भारतीय नाकाहरूमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने तर्फलाइ पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए फलस्वरूप अहिले दैनिक जसो तस्करीका अवैध सामानहरू पक्राउ गर्न सफल भइरहेको पनि उनले दाबि गरे ।

प्रतिक्रिया दिनुहोस