इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश भित्र भएकाे अथाहा श्राेत र साधनकाे प्रयाेग समयमै प्रयाेग गर्न नजान्दा मुलुक बिकाशमा पछि परेकाे बताउनुभएकाे छ । उद्याेग वाणिज्य संघ इटहरीकाे २२ अाै वार्षिक साधरण सभालाइ सम्बाेधन गर्दै प्रमुख अतिथि ढकालले ययस्ताे बताउनुभएकाे हाे ।
मुलुकभित्र एक शय एक प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि सरकारले निजि क्षेत्र संग सहकार्य गर्न नजान्दा र भएका श्राेत साधनलाइ पनि उपयाेग गर्न नजान्दा मुलुक सम्बृद्धि देखि टाढा रहेकाे बताउनुभयाे । उहाले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि मुल खम्बा रहेकाे बताउदै मुलुकको विकास र आर्थिक समृद्धि संगै युवाहरूलाइ राेजगार शिर्जना गर्ने दरिलाे माध्यम रहेकाे पनि बताउनुभयाे ।
लामो समय देखि पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान गरेको भन्दै उद्योग वाणिज्य संघ इटहरी एभिन्युज खबरका दिपक कार्की सहित दुई जना पत्रकारलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघ इटहरीको २२औं साधारण सभाको अवसर पारेर एभिन्युजकर्मी कार्की सहित एरिना टेलिभिजनकी संवाददाता सुप्रिया राईलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नगद ,प्रमाण पत्र र दोसाल्ला ओडाएर सम्मान गरेका थिए । त्यसै गरी सोही कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीले इटहरी क्षेत्रका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु्र्याउने अन्य सात जनालाई समेत सम्मान गरिएको थियो ।
उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको संयोजक्तवमा भएको सम्मान कार्यक्रममा उद्योगी जितसिंह विष्ट , महिला उद्यमी मेनुका राई , खेलाडी पुजा चौधरी , इञ्जिनियर देशवन्धु बस्नेत , पुनारा व्यवसायी चन्द्र बस्नेत , पुराना फलफूल व्यवसायी राम नारायण साह र संघका पुर्व अध्यक्ष विश्व प्रसाद रिजाललाई सम्मान गरिएको थियो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमप्रसाद पौडेलको अध्यक्षतामा भएको साधारण सभामा पुर्व मन्त्री रामकुमार सुब्बा , इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न ठाँउका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थ... ... ...
इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरका... ... ...
इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण स... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved