बिद्यार्थी आन्दोलन : सामान्य ठान्दा हायल कायल : कहाँ चुक्यो कलेज प्रशासन ? चिप्लियो बिद्यार्थी संगठन

  • प्रकाशित मितिः चैत्र 8, 2077
  • 291 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादति बिरूद्ध पहिलो पटक बिद्यार्थिहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुदा र पटक पटक कलेज सञ्चालनकहरूले बेवास्था गरेपछि बिद्यार्थिहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन ।

कोरोना संक्रमण संगै मुुलक लकडाउन हुदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थिहरू आन्दोलित बनेका हुन । उनिहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए ।

इटहरीस्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध्यन्नरत बिद्यार्थिहरू हाल दैनिक जसो सडकमा उत्रिन बाध्य बनेका छन ।आन्दोलनरत बिद्यार्थीहरूले शुक्रबार नाम चलेका ४ वटा निजि कलेजहरूमा अनिश्चितकालिन तालाबन्दि समेत गरेका छन ।

उनिहरूले इटहरीस्थित विश्व आदर्श, सुषमा, कस्तुरी र कोशी कलेजमा तालाबन्दि गरेका हुन । माग सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने बताउदै आएका बिद्यार्थीहरूले निजि कलेजका सञ्चालकहरूलाइ आगामि १३ गते सम्मको अल्टिमेटम दिएका छन । पटक पटक जायज मागहरू राख्दा पनि कलेज प्रसाशनले बेवास्था गरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको इटहरीस्थित कस्तुरी कलेजका बिद्यार्थीहरूले बताउदै आएका छन ।

बिद्यार्थीहरूको आन्दोलनका कारण शिक्षक र कर्मचारी असुरक्षित बनेको भन्दै हिसान सुनसरीले पनि शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरूकाे कारण शिक्षक तथा कर्मचारी असुरक्षित बनेकाे तर्क राखेर निजि कलेजहरू अनिश्चितकालिन बन्दकाे घाेषणा गरेकाे छ । हिसान सुनसरीले बिद्यार्थीहरूलाइ शान्तिपुर्ण रूपमा आन्दोलन गर्न आग्रह गर्दै आइतबारदेखि अनिश्चितकालिन निजि कलेजहरू बन्दको घोषणा गरेको हाे ।

बिदयार्थीहरूले संयुक्त आन्दोलन चर्काउदा निजि कलेजमा तालावन्दिको क्रममा विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारीलाइ आक्रमण गरेका थीए । बिद्यार्थी आक्रमणमा परि घाइते बनेका सुरषा गार्ड अधिकारीलाइ उपचारको निमित्त बिराटनगर स्थित बिराट मेडिकल भर्ना गरिएको छ ।

कहा चुके निजि कलेजका सञ्चालक ?

सुरूवाति समयमा बिद्यार्थीको आन्दोलनलाइ साम्य बनाउन सम्बन्धित कलेज प्रसाशन चुकेपछि स्थिति सोचेको माहोल भन्दा बाहिर हुन पुगेको छ। बिद्यार्थी आन्दोलनलाइ कमजोर सम्झिदा निजि कलेज प्रसाशनले ठुलो झटका र घाटा बेहोर्नु पर्ने देखिएको छ ।

लकडाउन अवधिको शुल्क मिनाहा माग गर्दै गत एक साता देखि इटहरीका आधा दर्जन बढी निजि कलेजका शयौ बिद्यार्थिहरू आन्दोलनमा उत्रिएको यो शहरकै इतिहासमा शायद पहिलो हुनुपर्छ ।

कलेज सञ्चालकहरूले सहमतिको बाटो नअपनाइ उल्टै अभिभावक तर्साउने र बिद्यार्थीहरूलाइ चिड्याउने जस्ता गतिविधिहरू गर्न थालेपछि आक्रोशित बिद्यार्थिहरूले पठन पाठन मात्र नभइ कलेज सञ्चालकहरूको निन्द्रा उडाइदिएका छन । अहिले बिद्यार्थी आन्दोलन स्थानीय हदै ,प्रदेश सरकार र केन्द्रिय सरकार सम्म पुगिसकेको छ ।

चिप्लियाे बिद्यार्थी संगठन 

कलेज नलागेको समयको शुल्क नलिन आग्रह गर्दै आन्दोलनमा उत्रिएका कस्तुरी कलेजका बिद्यार्थिहिरूलाइ सुरूमा कुनै राजनीतिक दलका बिद्यार्थि संगठनले चासो लिएनन । बिद्यार्थिहरूरूको माग जायज रहेको भन्दै जब अन्य कलेजहरू बिश्व आदर्श , सुस्मा र कोशि कलेजका बिद्यार्थिहरू पनि सोहि आन्दोलनमा मिसिन आए तब गुणात्मक र तुलनात्मक दुवै हिशाबले संख्या चौवर हुन पुग्यो । राजनीतिक संगठन भन्दा बाहिर रहेका निजि कलेजका बिद्यार्थीहरूले आन्दोलन गरिरहदा नेतृत्वकर्ता उनिहरू आफै बनेका थीए । जब बिद्यार्थी संख्या बढेर इटहरीको कुनै निकायले थेग्न नसक्ने अवस्थामा पुग्यो तब जनता कलेजमा अनाहक शुल्क बृद्धिको नारा लगाउदै बिद्यार्थी संगठन हावि वने र निजि कलेजले माग सम्बोधन गर्नुपर्ने तर्क राखे ।

बिद्यार्थी आन्दोलनमा नेकपा एमालेको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन , कांग्रेसको नेपाल बिद्यार्थी संघ र ए माओवादिको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन( क्रान्तिकारी )लगायतका संगठनहरूले पनि ऐक्यवद्धता जनाए ।

सुरूवाति समयमै समर्थन जनाएर आन्दोलनलाइ नेतृत्व गरेको भए बिद्यार्थि संगठनको नाक बढनेथीयो तर जब राति बुढि ताति भने झै बिद्यार्थी आन्दोलन चरम उत्कर्षमा पुगिसकेपछि मात्र जनाएको ऐक्यवद्धताले भएको संगठनको सान पनि गुमेको सामाजिक सञ्जालहरूमा प्रस्टै देखिन्छ ।

अबको बाटो

 बिद्यार्थी आन्दोलन साम्य बनाउन उपमहानगरले पनि भुमिका नखेलेको हइन । निजि कलेजहरूका सञ्चालक संग वार्तामा बसेको बेला मेयर द्वारिकलाल चौधरीले सञ्चालकहरूलाइ एक हप्ताको समय दिन माग गरेको बेला बिद्यार्थीहरूले अस्विकार गरेका थीए । जुन बिद्यार्थीहरूकाे लागि असाेभनीय रहेकाे थीयाे ।

प्राय जसाे महत्वपुर्ण बिषयमा सहमति जुटेपनि लकडाउनकाे बेला लिइने भनिएकाे शुल्ककाे विषयमा भने सहमति जुटन नसकेकाे इटहरी उपमहानगरस्थित शिक्षा शाखाले जनाइरहदा  बिद्यार्थिहरूले कलेज सञ्चालकहरूलाइ निश्चित समय दिएर वार्ताको टेवलमा बस्नु नै अहिलेको उत्तम बिकल्प रहेको शिक्षा विदहरू बताउछन ।

प्रतिक्रिया दिनुहोस