बृन्दावन गौशालामा होली महाेत्सव : रंगलाइ छाडेर फुलले खेलियाे हाेली

  • प्रकाशित मितिः चैत्र 15, 2077
  • 196 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । हामि होलि भन्ने बित्तिकै रंगहरूको पर्व भनेर मान्ने गर्छाै ।सामान्यतय होलि खेल्दा पनि मानिसहरू रंग तथा बिभिन्न प्रकारका अविरहरूको प्रयोग गर्दै एक आपसमा दलेर खुशि साटासाट गर्ने गरिन्छ तर मोरङको सुन्दरहरैंचा ५ स्थित नयाँ वृन्दावन गौशालामा भने शनिबार होलिको बेग्लै रौनक छाएको थीयो ।

रंगहरूले मात्र होलि खेलिनुपर्छ भन्ने परम्परालाइ पर सार्दै गौशाला धार्मिक पर्यटकिय स्थलमा शनिबार फुलको वर्सात सहितको होलि खेलिएको थीयो । सदियौ देखि चलि आएको परम्परालाइ आत्मसाथ तथा प्रवर्दन गर्दै नयाँ वृन्दावन गौशाला परिवारले यो वर्षको होलि पर्वलाइ फरक ढंगले प्रस्तुत गरेको हो ।

राधेश्याम ट्रस्टबाट सञ्चालित बृन्दावन गौशालाका संरक्षक चर्चित पुराणवाचक दिनबन्धु साश्त्रीले फुलको होलि खेलेर पनि एक आपस बिच भाइचाराको सम्बन्ध कायम गर्न सकिने र खुशिहरू साटासाट गर्न सकिने बताउनुभयो । उहाले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै शान्तिपुर्वक र स्वास्थ्य सुरक्षा सचेतनाका साथ फुलहरूले एक अर्कालाइ छर्केर यो वर्षको होलि पर्वलाइ बिदाइ गरिएको बताउनुभयो ।

पछिल्लो समय धार्मिक पर्यटकिय स्थलको रूपले परिचित नयाँ वृन्दावन गौशालामा शनिवार आयोजित होलि पर्व बिशेष र अलि फरक रहेको उपस्थित अतिथिहरूले पनि बताएका छन । धार्मिक पर्यटकिय स्थलको रूपमा बिशसित भइसकेको नयाँ वृन्दावन गौशालामा शनिबार तस्विर खिच्न आएका आगन्तुकहरू पनि होलिमा रमाउन पुगेका थीए ।

वृन्दावन गौशालाकि अध्यक्ष श्रीमती गंगा देवि काफ्लेको सभापतित्वमा सम्पन्न होलि मिलन महोत्सवमा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाकि उपप्रमुख धनमाया तामांगले यस्तो प्रकारको होलि जिवनमा पहिलो पटक अनुभव गरेको सुनाइन । त्यस्तै कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ३ का वडाध्यक्ष जिवन प्रशाद ढुंगाना , ५ नं का वडाध्यक्ष रामप्रशाद रिजाल , उद्योग वाणिज्य संघ सुन्दरदुदारीका अध्यक्ष किशोर कुमार कार्की लगायतले होल िबशिेषबारे आ आफ्नो अनुभव सुनाएका थिए ।कार्यक्रममा उपस्थित चर्चित धार्मिक कलाकार कृष्ण भण्डारीले जाेगिरा सररर गित गाएर उपस्थित सहभागिहरूलाइ मनाेरञ्जन दिलाएका थिए । 

प्रतिक्रिया दिनुहोस