इटहरी कार्की हत्या प्रकरण : ४ वर्ष अघि नै बनेकाे थियाे याेजना , छिमेकि मारेर कुनै पछुताे छैन : अभियुक्त रेग्मी

  • प्रकाशित मितिः चैत्र 19, 2077
  • 1628 पटक पढिएको
  • प्रदेश दर्पण

 इटहरी । इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्कि र सोहि स्थानका ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बोलचाल नभएपनि नाताले उनिहरू दुवै छिमेकि हुन । एउटै बाटो भएर हिडने उनिहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । पाँच वर्ष अघि सम्म राम्रो बोलचाल र भाइचाराको सम्बन्ध रहेको उनिहरू बिच पछिल्लो ४ वर्ष यता एकाएक दुस्मनि सुरू भयो ।

चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ति गर्ने सुरक्षाकर्मिले कान्छा भनिने रेग्मिलाइ पक्राउ गर्याे ।उनले ल्याएको सबै काठहरू खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्किको सुराकि हुन सक्ने भन्दै शंकामा बसे । पछि सो शंकाले बिवाद ल्याइ एक अर्काबिच हात हालाहालको स्थितिबाट सुरू भएको दुस्मनि अन्तत कार्किको ज्यानै लिन पुग्यो ।घटना थीयो २०७७ चैत्र १६ गते सोमबारको स परिवार होलिमा रमाइरहेको बेला इटहरी २ बेलगाछि स्थित केशव कार्किको परिवारमा भने शोक छायो ।

सिंगो उपमहानगर होलिको रंग संगै रमाइरहदा इटहरी वार्ड नं २ भने तनावग्रस्त बन्यो ।होलिको दिन बाहिर अरूले रंग लगाइदिन्छन भन्ने पिरले घरभित्रै कोठामा टिभि हेरिरहेका केशव कार्कि होलिकै दिन संसारबाट बिदा भए । ढल्केर टिभि हेरिरहदा छेउमै रहेकि श्रीमती बिमला कार्की निदाइसकेको अवस्थामा कान्छा भनिने जिवनाथ रेग्मिले कार्किको कोखामा भाला प्रहार गरी निर्मम हत्या गरेका थिए ।

रेग्मिले प्रहार गरेको भाला कार्किको कोखाबाट छेडिएर तन्ना समेत च्यातिएको छ । ओछ्यानमा रगतले लतपतिदै छटपटिन थालेपछि निन्द्राबाट ब्युझिएकि श्रीमति बिमलाले छिमेकिहरूलाइ गुहार मागेकि थीइन । भाला प्रहारबाट गम्भिर बनेका कार्किको तरहरास्थित सामुदायिक अस्पतालमा प्रथमिक उपचार पछि थप उपचारको लागि धरान स्थित बिपि प्रतिस्ठानमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलबाट फलामको भाला पनि बरामद गरेको थीयो ।

कार्किको हत्या गरि फरार बनेका कान्छा भनिने रेग्मिलाइ घटनाको एक घण्टापछि प्रहरीले तरहरास्थित क्षेत्रीय कृषि अनुशन्धान अन्तरगत गहुबालिमा लुकेर बसेको अवस्थामा फेला पारेको थीयो । पक्राउ परेका रेग्मिलाइ बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

सार्वजनिक हुनुअघि अभियुक्त रेग्मिले छिमेकि हत्या पुरानै रिसिबिले भएको स्विकारेको प्रहरीमा बयान दिएका छन । प्रहरीका अनुसार उनले बिगत ४ वर्ष अघि देखि नै कार्किको हत्या गर्ने योजना बनाएको तर पटक पटक असफल बनेको प्रहरीमा बयान दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि अर्जुन केशिले बताए ।

डिएसपि केशिका अनुसार कार्किको हत्या गर्नकै लागि भनेर २ वर्ष अघि फलामको भाला बनाएको र पटक पटक मौका हेरेर बसेको अनुशन्धानको क्रममा खुलेको बताए । पत्रकार सम्मेलनमा सार्वजनिक हुनु अघि पनि अभियुक्त रेग्मीले कार्किको हत्या पछि आफुमा कुनै आत्माग्लानि नभएको पनि बताएका छन । प्रहरी नियन्त्रणमा रहेका अभियुक्त रेग्मि बिरूद्ध अदालतबाट ७ दिने म्याद थप गरि आवस्यकिय कावार्हि प्रकृिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस