इटहरीकाे प्लाई उद्याेगमा भीषण आगलागी : नियन्त्रण बाहिर गएपछि कर्मचारीलाई प्रवेश निषेध

  • प्रकाशित मितिः चैत्र 23, 2077
  • 3606 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी  /सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार बिहानै देखि भिषण आगलागि भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ । 

 इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन । यद्यपि आगलागिको कारण के कति क्षति भएको हो सो बिवरणा प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस