इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रका नायक हुन भन्दै मोरङको सुन्दरहरैंचा स्थित एउटा सिंगो गाउ“ नै नेकपा एमालेमा प्रवेश गरेको छ । सुन्दरहरैंचा नगरपालिका ५ स्थित गोर्खाली टोल वसोवास गर्ने १ सय भन्दा बढि स्थानीयहरू नेकपा एमालेमा प्रवेश गरेका हुन ।
यस अघि नेपाली कांग्रेस र एमाओवादीमा आवद्ध स्थानीयहरू पनि ओलीको जिन्दावादको नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनीहरूले सामूहिक हस्ताक्षर सहित नेकपा एमालेको वडा कमिटीलाइ एक कार्यक्रम गरी बुझाएका हुन ।
जसमा टोलका युवा, महिला, बृद्धबृद्धा लगायत अगुवाहरु सबैको संयुक्तरुपमा हस्ताक्षर रहेको छ । गाउँका स्थानीय दिलकुमार लिम्बुको नेतृत्वमा प्रत्येक घरबाट एकजनाका दरले १ सय जनाभन्दा बढी हस्ताक्षर पार्टी वार्ड कमिटीलाई बुझाउँदै उनीहरु एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा १ न. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा, एमालेका प्रदेश कमिटी सदस्यहरु हरि घिमिरे, लक्ष्मी फुयाँल, जिल्ला सचिवालय सदस्यहरु अजम्बर राई, ज्ञानेन्द्र ओझा, सुरेन्द्र थापा, केदार गुरागाई, सुन्दरहरैंचा नगर अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतले नवप्रवेशीलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेताहरुले ढिलै भएपनि सहि राजनीतिक बाटो पहिल्याएकोमा सम्पूर्ण टोलीबासीलाई स्वागत गर्दै सबैले देशको विकासमा आ आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने बताएका छन् । उनीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थ... ... ...
इटहरी । दोश्रो चरणको कोरोना कहरका कारण नेपाल सरका... ... ...
इटहरी । फोहोरबाट मोहर बनाउने योजना सहित निर्माण स... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved