इटहरीको शहिद स्मिृति बिद्यालयमा लाखौ अनियमितता : हिशाब सार्वजनिक माग गर्दै अनिश्चितकालिन तालाबन्दि

  • प्रकाशित मितिः चैत्र 30, 2077
  • 640 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुरस्थित शहिदका छोराछोरी पढने शहिद स्मृिति आवसिय माध्यमिक बिद्यालयमा लाखौ अनियमितता भएको स्थानीय अभिभावहरूले आरोप लगाएका छन । गत फागुन १ गते स्थानीय अभिभावकहरूले बिद्यालयले अहिले सम्म गरेको आर्थिक कारोबारहरू पारदर्शिता नभएको र सबै हिशाब किताब सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

२ महिना बित्न लाग्दा पनि हिशाब सार्वजनिक नभएपछि अभिभावकहरूले आइतबार बिद्यालयको प्रधानाध्यापक कक्ष , ब्यवस्थापन समितिको कार्यालय र लेखा प्रसाशन फाटमा अनिश्चितकालिन तालाबन्दि गरेका छन । शय जना भन्दा बढी अभिभावकहरू बिद्यालय परिषदमा भेला भइ तिन वटा कार्यकक्षहरूमा तालाबन्दि गरेका हुन । द्वन्दकालको समयमा राज्य तथा तत्कालिन नेकपा माओवादिबाट घाइते एवम शहिद भएका परिवारको छोराछोरी पढाउने भनि स्थापना गरिएको शहिद स्मृिति आवसिय माध्यमिक बिद्यालयले नियम बिपरित आर्थिक कारोबारहरू गरेको र ब्यवस्थापन समितिको मिलेमतोमा लाखौ अनियमितता भएको अभिभावकहरूले आरोप लगाउदै आएका छन ।

शहिदहरूको स्मृितिमा खोलिएको उक्त बिद्यालयमा हाल शहिदका मात्र नभइ स्थानीयहरूको छोराछोरीले पनि पठन पाठन गर्दै आएका छन । बिगतमा चन्दा र सहयोगबाट सञ्चालन हुने बिद्यालय हाल अभिभावकहरूबाट रकम उठाउने गरेको र नयाँ बिद्यार्थि समेत भर्ना गराउने गरेको अभिभावकहरूले बताएका छन ।

गत फागुन १ गते नै बिद्यालय प्रसाशनलाइ सम्पुर्ण हिशाब किताबहरू सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझाएपनि अभिभावकहरूको मागलाइ बेवास्था गरिएकोले बाध्य भइ तालाबन्दि गर्नुपरेको अभियान्ता तथा संघर्ष समितिका उपसंयोजक मोहन गिरीले बताए । उनले अभिभावकहरूको मागलाइ अझ बेवास्था गरे बिद्यालयको सम्पुर्ण कारोबार देखि नियमित पठन पाठन समेत अवरूद्ध हुने गरी तालाबन्दि गरिदिने चेतावनि दिए । उक्त बिद्यालयले वर्षाैदेखि गलत तरिकाले आर्थिक कारोबार गर्न थालेको र पटक पटक हिसाब सार्वजनिक गर्न माग गर्दा नसुनेको अर्का अभियान्ता इटहरी १९ का युवा किसन चौलागाइले बताए ।

दाताहरूले दिएको चन्दा दुरूपयोग गरी बिद्यालयले लाखौ अनियमिता गर्ने गरेको युवा अभियान्ता चौलागाइले बताए । बिद्यालय ब्यवस्थापन समितिले अनुमति दिए तत्काल हिशाब सार्वजनिक गर्न आफुहरू तयार रहेको सहिद स्मिृति आवसिय माविका प्रधानाध्यापक शिवचन्द्र राइले बताए । आफु बिद्यालयको प्रअ भएको ६ वर्ष नाघेको र सो कार्याकालको हिशाब किताब सार्वजनिक गर्न तयार रहेपनि बिद्यालय ब्यवस्थापन समितिले अनुमति नदिएको प्रअ राइले बताए ।

आफ्नो कार्यकालमा बिद्यालयको एक रूपैया पनि हिनामिना नगरेको सबै हिशाबहरू पारदर्शि रहेको तर व्यवस्थापन समितिले सार्वजनिक गर्ने बिषयमा अख्तियारी नदिएकोले यो बिवाद आएको प्रअ राइको भनाइ छ । यता सोहि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिराम गीरीसंग सम्पर्क गर्दा हिशाब किताब सार्वजनिक गर्न तयार रहेको तर अडिट हुने क्रममा रहेको कारण केहि समय लाग्ने बताए । उनले सबै अभिभावकहरू भेला गरी चाडै हिशाब किताब सार्वजनिक गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस